तुलसीपुर, वैशाख २२ । ‘जिन्दगी बदल्ने एक सय एक सोच’को पुस्तक विमोचन गरिएको छ ।
रेडियो कार्यक्रम शान्त तलाउका प्रस्तोता तुफानबाबु श्रेष्ठले प्रकाशन गरेको एक सय एक सोच पुस्तकको शुक्रवार तुलसीपुरमा एक कार्यक्रमका बिच विमोचन गरिएको हो ।
विमोचन समारोहमा बोल्ने बक्ताहरुले पुस्तक जीवन उपयोगी भएकाले हरेक विद्यालय र कलेजमा पु¥याउन सके यसको महत्व अझै बढेर जाने बताएका थिए ।
कार्यक्रममा पुस्तक प्रकाशक श्रेष्ठले पुस्तकको माग बढ्दै गएको र हालै ५० हजार प्रति छपाइका लागि आडर दिएको बताए ।
कार्यक्रममा पुस्तकको समिक्षा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले गरेका थिए ।
त्यस अवसरमा बोल्दै ईश्वरीय ब्रह्माकुमारी विद्यालयकी क्षेत्रीय कार्यालय तुलसीपुरका प्रमुख गीता दिदी, पूर्व जनप्रतिनिधि नवराज लामिछाने, सामाजिक अभियन्ता विमल रिजाल, रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसी, औषधी व्यवसायी संघ दाङका अध्यक्ष शेषकान्त ढकाल लगाएतले पुस्तक पढेपछि सकारात्मक उर्जाको संचार हुने बताएका थिए ।
उनीहरुले जिन्दगी बदल्न सकारात्मक गराउन चिन्तनको आवश्यक पर्ने बताए ।
लायन बुद्ध प्रकाश सिंहले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए ।