२०८२ चैत्र २ गते सोमवार

नेत्रज्योति संघको १९ औं साधारणसभा

सन् २०३० सम्म आत्मनिर्भर बनाउने लक्ष्य

तुलसीपुर,बैशाख २२ । नेपाल नेत्रज्योति संघ दाङले आँखा स्वास्थ्य–कार्यक्रम राप्ती तथा बहादुरगञ्जको कार्यक्रमलाई सन् २०३० सम्म आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।

विगत ४५ वर्ष देखि अन्धोपन निवारण गर्ने उद्देश्यले आँखा स्वास्थ्य क्षेत्रमा सेवा पु¥याउदै आएको आँखा अस्पतालले गत वर्षदेखि आँखाको उपचार मात्रै नभई कानको उपचार सेवा पनि सुरु गरेको छ ।

अस्पतालका प्रमुख प्रसासक शम्शेर थापाले आधुनिक प्रविधिको माध्यमबाट ४ वटा सेवाहरु(आँखाको पर्दा,आँखाको नानी,अकुलोप्लाष्टिक र वाल नेत्ररोग)प्रदान गर्दै आएको अस्पताललाई आगामी दिनमा (उत्कृष्टताको केन्द्र) स्तरमा पु¥याउने लक्ष्य राखिएको बताए ।

नेपाल नेत्रज्योती सघं दाङको शुक्रवार राप्ती आँखा अस्पताल रक्षाचौरमा भएको १९ औं वार्षिक साधारण सभा एवं अधिवेशन कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्दै थापाले आगामी वर्षमा सामान्य चिकित्सा र फार्मेसी कक्षा सञ्चालनका लागि प्रक्रिया थालेको बताए ।

उनले अत्याधुनिक उपकरणहरुको माध्यमबाट आँखा उपचार सेवा विस्तार गर्ने,आँखा शिविरहरुलाई बृद्धिगरि सेवा विस्तार गर्ने,विभिन्न सघं सस्थाहरुसगं सहकार्य गरि कार्यक्रमलाई निरन्तरता दिने,घोराहीमा दृष्टि हेरचाह केन्द्र स्थापना गर्ने,सल्यान आँखा उपचार केन्द्र र रुकुम पश्चिम आँखा उपचार केन्द्रलाई सर्जिकल सेन्टरको रुपमा विकास गर्ने आगामी कार्यक्रम रहेको बताए ।

‘हाम्रो कर्तव्य,हाम्रो जिम्मेवारी,आँखा सेवामा साझेदारी’ भन्ने मुल नाराका साथ अन्धोपन निवारणका लागि आँखा स्वास्थ्य कार्यक्रमहरु संचालन गर्दै आएको अस्पतालले नेपाल सरकारका तीन वटै तह र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासंगको आर्थिक सहयोग र सहकार्य एवं पैरवी गर्ने कार्यलाई निरन्तरता दिने पनि जनाएको छ ।

कार्यक्रममा अस्पतालका प्रमुख प्रसासक थापाले नेपालमा अझैपनि १ लाख ३० हजार दृष्टिबिहिन रहेको बताए । ति मध्ये १ लाख बढी जलबिन्दुका बिरामी छन । ३० हजार बढी नागरिकहरु मधुमेहका कारण दृष्टिबिहिन छन भने १ लाख १२ हजार मोतिबिन्दुका बिरामी छन ।

लुम्बिनी प्रदेशको पछिल्लो तथ्याङ्क हेर्दा रुपन्देहीमा सबैभन्दा बढी मोतिबिन्दुका बिरामी छन। त्यसमा दाङ दोश्रो स्थानमा छ । मोतिबिन्दुका ३६ प्रतिशत मानिसहरु पैसाको अभावले उपचार सेवाबाट वञ्चित छन भने ४१ प्रतिशत आँखा देखिरहेको छु भनि अस्पतालसम्म नपुगेको देखिएको थापाले बताए ।

त्यस्तै २० प्रतिशत अस्पतालको पहुँच भन्दा बाहिर छन भने १० प्रतिशत बिरामी अन्य विभिन्न कारणले आँखा उपचार सेवाबाट वञ्चित छन ।

राप्ती आँखा अस्पतालले स्थापना कालदेखि हालसम्म ३४ लाख बढीलाई आँखाको उपचार सेवा प्रदान गरेको थापाले बताउ । ति मध्ये २ लाख १२ हजार बढीलाई शल्यक्रिया सेवा प्रदान गरिएको छ ।

त्यस्तै कर्णालीमा अझैपनि ६ हजार २ सय ३१ जना दृष्टिविहिन छन । जसमध्ये सल्यानमा ९ सय ६७ र रुकुम पश्चिममा ६ सय १७ जना छन ।

नेपाल नेत्र ज्योती सघं दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संविधान सभा सदस्य बुद्धिराम भण्डारीले राप्ती आँखा अस्पतालले दाङबासीका लागि मात्र नभएर अन्य जिल्लामा पनि उज्यालो ज्योति छर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

‘पहिले सामान्य आँखा उपचारका लागि बाहिरी जिल्ला जानु पर्ने बाध्यता थियो,भण्डारीले भने,तर अहिले राप्ती आँखा अस्पताल संचालनमा आएदेखि त्यसको अन्त्य भएको छ ।’

भण्डारीले आफू नेतृत्व तहमा भएको भन्दै आँखा अस्पतालले राखेको उद्देश्य पूरा गर्नमा पछि नहट्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व सदस्य शंकर गिरी,तुलसीपुरका पुर्व मेयर ढुण्डिराज लामिछाने,सघंका केन्द्रिय कोषाध्यक्ष दोर्णप्रसाद गुरागाई,सघंका लुम्बिनी प्रदेश कोषाध्यष लिला शाह,अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. सु–लक्ष्मी कटुवाल,नेपाली कांग्रेस दाङका पुर्व सभापति कृतिबहादुर खड्का,एमाले दाङका अध्यक्ष हुकुम बस्नेत,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुसिल बस्नेत,प्रेस युनियन दाङका कावा अध्यक्ष नारायण खड्का,रेडक्रसका मदन धिताल लगाएतले बोलेका थिए ।

त्यस अवसरमा अस्पतालका प्रमुख डा. सु–लक्ष्मी कट्वाल, रेटिना विशेषज्ञ डा. ज्योति सापकोटा लगाएत विभिन्न कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

नेपाल नेत्र ज्योती सघं दाङका उपसभापति रेशम बहानुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सघंका कोषाध्यक्ष श्याम प्रसाद आर्चाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण सघंका जिल्ला सचिव सुरेन्द्र बहादुर खड्काले गरेका थिए ।

साथै सघंको नयाँ नेतृत्व चयनका लागि (भोली) शनिवार चुनाव हुने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *