२०८३ जेष्ठ १५ गते शुक्रवार

मोरु वलेटबाट अन्य वालेटमापनि ‘पेआउट’ सेवा सुरु


दाङ, बैशाख १२ । मोरूले अन्य वालेट ‘पेआउट’ सेवा सुरु गरेको छ ।


मोरू डिजिटल वालेटले नेपालका अन्य वालेटहरू बीच पैंसा पठाउन मिल्ने नयाँ सर्भिस ‘पेआउट’ ल्याएको छ।
यो सेवाको प्रयोग कर्ताले अबदेखि मोरूबाट अन्य वालेटमा सजिलै पैंसा पठाउन सक्ने छन् ।

यो संगै मोरू डिजिटल वालेट नेपालको पहिलो अन्तरआवद्ध वालेट बन्न सफल भएको छ ।
यो संगै नेपालका डिजिटल वालेटहरूलाई सहकार्यमा आधारित नयाँ युज केसहरूको विकास गर्न प्रेरित गर्ने वालेट ब्यबस्थापनले अपेक्षा गरेको छ ।


यसका प्रयोग कर्ताले हाल ४ रुपैंयाको न्यूनतम शुल्कमा सेवा लिन सक्ने छन् ।


यो सेवा मार्फत खल्ती, आइएमई पे, साजिलो पे, इढेबा, सेल पे, नमस्ते पे, पेवेल, प्रभु पे, क्यू पेका साथै आईक्याश्रकनेक्ट आईपीएस्का कुनैपनि प्रयोग कर्ताले मोरू वालेटमार्फत एक पटकमा १०० रुपैंयादेखि ५००० रुपैंया सम्मको रकम पठाउन पाउने सुबिधा रहेको मोरु बेबस्थापन टिमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *