२०८२ चैत्र १ गते आइतवार

जङ्गलमा लुकाएर राखेको तीन थान भरुवा बन्दुक बरामद

रुकुम पश्चिम ,बैशाख ७ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ मा रहेको घोरखानीबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको छ ।

जङ्गलको ओडारमा लुकाएर राखेको बन्दुक प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठका अनुसार एक नाल र दुई वटा खाली भरुवा बन्दुक भेटिएको हो । भरुवा बन्दुक सिकार खेल्नको लागि ओडारमा राखेको हुन सक्ने आशङ्का गरिएको छ ।

यसअघि गएको फागुन १४ गते पनि जङ्गलमा चार नाल भरुवा बन्दुक भेटिएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *