२०८२ चैत्र २ गते सोमवार

तुलसीपुरका मेयर टीकाराम खड्काले बर्ष दिनमा के–के महत्वपूर्ण कामहरु गरे ?

तुलसीपुर,बैशाख ५ । नेकपा एमाले भित्र सर्वहारा र सकुम्बासी नेताको उपमा बनाएका तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्का २०७९ बैशाख १० गते भएको स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भएका हुन । उनले नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गेहेन्द्र गिरीलाई पराजित गरेका थिए ।

निर्वाचनका क्रममा मेयर खड्काले अरुले जस्तै धेरै महत्वाकाँक्षी नाराहरु नबाँडेपनि उनले पनि भोट तान्न तुलसीपुरको काँचुली फेर्ने बारे बिभिन्न आश्वासनहरु भने अवश्य बाँडेका थिए । उनले एक बर्षको अवधिमा के – कस्ता पाँच महत्वपूर्ण कामहरु गरे त ?

हालसालै उनी संग फरककोणको टिमले उनलाई कार्यकक्षमै भेटेर यही कुरा सोधेको थियो । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले आफु निर्वाचित भएर आएपछि हालसम्म (एक वर्षको अवधिमा) शिक्षा,स्वास्थ्य,जेष्ठ नागरिक र सुत्केरी महिला,कृर्षि,फोहोर व्यवस्थापन लगाएत विभिन्न क्षेत्रमा महत्वपुर्ण कामहरु गरेको दावी गरेका छन ।

उनले शिक्षाको गुणस्तरलाई विकास गर्नका निम्ती तहगत प्रअको व्यवस्थापन,दरबन्दीको मिलान र अपुग दरबन्दीको व्यवस्थापन गर्ने गरि नितिगत निर्णय गरेको बताए । तर उपमहानगरपालिकाले दरबन्दी मिलानको नाममा मनोमानी गरेको भन्दै विद्यालय व्यवस्थापन समितिहरुले बिरोध पनि जनाएका थिए ।

‘उपमहानगरपालिकाले कार्यदलमा सबै बिचारसगं जोडिएका सघं–सगठनका शिक्षक नेताहरुको उपस्थितीमा १२ बुँदे सहमती गरेको थियो,’मेयर खड्काले भने,सोही सहमतीमा टोकेर हामीले जिल्लाका सबै सगंठनका सभापतीहरुसगं परार्मश गरि ४ सघंलाई, ३ राष्ट्रिय शिक्षक संगठन,२ क्रान्तिकारी शिक्षक संगठन र त्यसमा १ विप्लब नेतृत्वको सगंठनलाई प्रअको व्यवस्थापन गरेका छौँ ।’ त्यसैले यो बिरोधको तुक नरहेको मेयर खड्काले तर्क गरे ।

‘२०२८ सालको शिक्षा नियमावलिले व्यवस्था गर्दै गरेको संसोधित शिक्षा नियमावलिको आधारमा प्रअ व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित व्यवस्थापन समितिको छ हाम्रो अधिकार कटौती गरियो भन्ने उहाँहरुले जिकिर थियो,’ उनले भने, ‘तर गणतन्त्र आइसक्दा समेत सरकारले शिक्षा ऐन जारी गर्न नसकेका कारणले स्थानीय तहमा तीन वर्ष अघि नै शिक्षा ऐन जारी गरेर शुन्य दरबन्दी भएका विद्यालयमा शिक्षक दरबन्दी व्यवस्थापन गर्न सकिने निर्णय भएको हो ।’

सोही निर्णय अनुसार योग्य,दक्ष तहगत शिक्षकहरुको अधिकारलाई सुनिश्चित गरौं भन्ने उद्देश्यले दरबन्दी मिलान गरिएको उनले बताए । उनले आँफु आएपछि मेट्रो अस्पतालमा जनशक्तिको व्यवस्थापन गरिएको र २७ वटा दरबन्दी स्वीकृत भैसकेको बताए । हाल मेट्रो अस्पतालमा दुई जना विषेशज्ञ डाक्टर सहित १८ जनाको जनशक्ति रहेको छ ।


अस्पताललाई पश्चिम दाङको प्रतिनिधित्व हुने गरि विकास गर्ने उद्देश्यले भिमसेन मेट्रो अस्पतालको रुपमा स्थापना गरिएको थियो । त्यहाँ अपांग सेवा,सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषणयुक्त प्रर्वद्धन गर्नका निम्ती थप सेवाहरु सुचारु गर्ने तयारीमा रहेको मेयर खड्काले बताए ।

कोरोना महामारीको समयमा स्थापना गरिएको मेट्रो अस्पताल अहिले घाटामा छ र बिरामीहरुको संख्या शुन्य जस्तै छ ? भन्ने प्रश्नमा मेयर खड्काले त्यसो नभएको जिकिर गरे । ‘यहाँका तनाम अस्पतालहरु छन त्यहाँ जाने सरकारीमा बिरामी नजाने हुन्छ र ? उनले उल्टै प्रश्न गर्दै भनेका थिए – ‘नजिकै वरपरका अस्तपालहरुमा विषेशज्ञ सेवा दिइरहेका छन,अत्यन्त ठुलो चाप छ,यसमा भिमसेन मेट्रो अस्पतालले सेवा गर्न सक्दैन भन्नु आफैमा गलत हो।’

उनले निजी स्वास्थ्य माफियाहरुको गलत मनसायका कारण स्वास्थ्य क्षेत्रको विकासले फड्को मार्न नसकेको जिकिर गरे । निजी अस्पतालहरुमा सामान्य अप्रेसनको ६० हजार लैजाने गरिएको अवस्थामा मेट्रो अस्तापलले ५ ÷१० हजारमै धमाधम सेवा दिने गरेको मेयर खड्काले बताए ।

‘हामी सकेसम्म निशुल्क सेवा दिने प्रयत्नमै छौं,सेवाहरु बढेमा बिरामीहरु पनि स्वत बढ्ने छन,’ उनले भने । मेट्रो अस्तपालमा अहिले आधारभुत तहका उपचार सेवाहरु प्रदान गर्दै आएको र छिट्ै गाइनोको विषेशज्ञ डाक्टर सहितको सेवा सुचारु गर्ने तयारीमा रहेको मेयर खड्काले बताए ।


प्रतिपक्षीहरु मेट्रो अस्पताल र मेट्रो कलेजहरु एमालेको भर्ति केन्द्र जस्तै हुन भन्ने आरोप लगाउँछन् नि ? भन्ने प्रश्नमा उनले – त्यसको प्रतिरक्षा गर्न खोजेपनि मेट्रो कलेजका केही कर्मचारीक उदाहरणहरु दिएपछि हाँँस्दै पँछाउन खोजेका थिए । दुई चार जना हुनुलाई सामान्ने रुपमा लिन उनले आग्रह गरे ।

उनले आफु निर्वाचित भएर आए पछि ७० वर्ष पुगेका जेष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिन सुरु गरेको जानकारी दिए । जेष्ठ नागरिक र सुत्केरी महिलालाई घरदेखि अस्पतालसम्म ल्याउने र पुनः घरसम्म पु¥याउने सेवा सुचारु गरेको उनले बताए । उनले भने,‘ यो म निर्वाचित भएर आएपछि पहिलो कार्यपालिकाको पहिलो बैठकबाट निणर्य गरेको सेवा हो ।’

त्यस्तै उनले स्वास्थ्य चौकीको पुर्वाधार निमार्णको काम टेण्डरमा गएका छन भने केही ठाउँमा भवन निमार्णको कामहरु भैरहेको मेयर खड्काले जानकारी दिए ।

उपमहानगरपालिले एक वर्ष भित्रमा २६ वटा सडक कालोपत्रे गरिसक्नुपर्ने योजना ल्याएकोमा हाल १० वटा ठाउँमा सडक कालोपत्रेको काम सम्पन्न भैसकेको तथा केही ठाउँमा काम भैरहेको जानकारी दिए ।

त्यस्तै उपमहानगरपालिकाको पहलमा टरिगाँउ बिमान स्थलमा डिपिआर करिब–करिब पुरा भैसकेको र इन्धन डिपो सुचारु भएको दाबी गरे । जबकी यो काम उनको क्षेत्राधिकार भित्रै पर्दैन । त्यहाँको कालोपत्रेको लागि अन्तिम तयारी भैरहेको मेयर खड्काले जिकिर गरे ।

त्यस्तै उनले टरिगाँउ बिमानस्थल निर्माण सम्भव छैन भनेर दाङबाट निर्वाचित सांसदहरुले भाषणमा बोल्ने थालेको भन्दै आक्रोस पोखे । उनले यो प्रिय कुरा नभएको तर्क गरे ।

त्यस्तै तुल्सी ट्रेड टावरको काम सुरु भएको कुरा उनले चर्चा गरे । जसको हालसालै उनले र मुख्य मन्त्री लिला गिरीले संयुक्त रुपमा सिलन्यास गरेका थिए । भवन निर्माणको काम २० प्रतिसत पुरा भइ सकेपछि सिलन्यास भएको भन्दै उनको आलोचना पनि भएको थियो । टावर निमार्णका लागि निर्वतमान मेयर घनश्याम पाण्डेको कार्यकालमा ऋण सम्झौता गरिएको थियो ।

उनले वडा नं. १९ स्थित छिल्लीकोटमा चौकी स्थापनाका लागि दरबन्दी स्वीकृत भएको कुरालाई पनि आँफुले गरेको महत्वपूर्ण उपलब्धिका रुपमा अथ्र्याए । उक्त क्षेत्रमा सुरक्षाको दृष्टिले धेरै नै समस्या भएकोले छिट्टै प्रहरी बिट राख्ने उनले बताए ।

नगरको फोहोर व्यवस्थापन लागि सोही वडाको एउटा साढे ४ बिगाहा खोला क्षेत्रको जग्गा भाडामा लिन लागेको उनले जानकारी दिए । हाल नगरपालिकाले एयरपोर्ट नजिकको चिरोमा फोहर फाल्दै आएको छ । यसअघि उस्ले पातुखोलामा फोहर फालेर पुरेको थियो । हालसम्म नगरको आफ्नै ल्याण्डफिल साइड भने छै्रन । फोहोरमैला व्यवस्थापनका लागि युएनडिपीको संस्था केयर नेपालले गल्ने फोहोरबाट मल उत्पादनका लागि मेसिन उपलब्ध गराएको उनले जानकारी दिए ।
उक्त मेसिनबाट मल उत्पादन गर्न सुरु गरिसकेको उनले बताए । ‘हालै मात्र एक कम्पनीलाई फोहोर उठाउन र सेग्रेसनका लागि आइई गरेर आउन निवेदन गरिएको उनले बताए । त्यसको प्रतिबेदनका आधारमा निकट भविष्यमा तुलसीपुर १९ मा रहेको लामोखोलामा लिजमा उपलब्ध भएकोे साढे ४ विगाहा जग्गामा रिसाइक्लिङ सेन्टर बनाउने आशा मेयर खड्काले ब्यक्त गरे । गल्ने फोहोरबाट मल उत्पादन गर्ने र नगल्ने फोहोरलाई व्यवस्थापन गर्ने उनले जनाए ।

त्यस्तै तुलसीपुर १५ कोटियाडाँडामा अन्तरराष्ट्रिय स्तरको क्रिकेट रगंशाला बनाउने निर्णय गरिसकेको मेयर खड्काले बताए । त्यसको डिपिआर गर्न बाँकी नै रहेको उनले बताए ।

कृषि उत्पादक किसानहरुसगं बजार प्रर्वद्धनदेखि उत्पादनको क्षेत्रहरुको सुचिकृत गर्न कृषि डिजीटल प्रणाली मार्फत सेवा प्रवाह गरेको मयर खड्काले बताए । तर, त्यसको प्रभाव भने बजारमा देखिएको छैन । अझैंपनि सडक पेटीमा तरकारी बेच्नेहरु बजारमा यत्रतत्र देखिन्छन् ।

आफु निर्वाचित भएर आएपछि तुलसीपुरले नेपालमै पहिलो पटक डिजिटल म्याप तयार गरेको चर्चा मेयर खड्काले गरे । उनले भने,‘ म निर्वाचित भएर आएपछि नेपाल नेपाल सरकारले भूउपयोग ऐन जारी ग¥यो र हामीले डिजिटर भूउपयोग म्याप तयार ग¥यौ , जुन म्याप नेपालमै पहिलो पटक तुलसीपुरले लागु ग¥यो ।’

उनले नेपाल सरकारले अहिलेसम्म कहिपनि डिजिटल म्याप लागु गर्न नसकेको उनले बताए । त्यो डिजिटल म्याप लागु गर भन्दा उपमहानगरपालिकाका कुनै कर्मचारी राजी नभएको कुरापनि उनले गरे ।

उनका अनुसार तुलसीपुरले लुम्बिनी प्रदेशमै पहिलो पटक दलित सशक्तिकरण ऐन पास गर्ने पहिलो पालिका पनि हो । दलितलाई हुने छुवाछुतदेखि लिएर शिक्षा, स्वास्थ्य र रोजगार पूर्णतया ग्यारेन्टी गर्ने गरि ऐन पास गरेको र कार्यविधि बनाएर कार्यान्वयमा लैजाउने उनले बताए ।

आँफु आएपछि तुलसीपुरले मेला महोत्सवको कार्यविधिपनि बनाएको छ । पछिल्लो समय मेला महोत्सवको नाममा व्यवसायी र विभिन्न सघंसस्था बीच विवाद बढ्न थालेपछि आँफुले कार्यबिधि बनाउन भूसिमका खेलेको उनले बताए ।

मेला महोत्सवकै बिषयमा चर्चिएको बिबादले यसअघि तुलसीपुर उपमहानगरमा ब्यबसायीले तालाबन्दी गरेका थिए । गेटमा मेयर खड्का हराएको सूचना लेखेका थिए । अब कार्यबिधि अनुसार सुचिकृत व्यवसायीहरुले मात्र मेला महोत्सव सञ्चालन गर्न पाउने उनले जानकारी दिए ।


पैंशा नभएको भन्दै नगरपालिकाले ठेकेदार कम्पनीहरुलाई काम गरि सक्दापनि भुक्तानी दिन नसकिरहेको भन्दै आलोचना भइरहेको छ । मेयर खड्काले आँफु भन्दा अघिका मेयर घनश्याम पाण्डेको कार्यकालमा उपमहानगरलाई झन्डै ६५ करोड बढी ऋण (दायित्व) थिपएको हुँदा ठूलो आयोजनाका काम गर्न नसकेको बताएका थिए । आज त्यो ऋण घटाउँदै लगेको र झन्डै २५ करोडजति अझैं भुक्तानी हुन बाँकी रहेको उनले स्वीकार गरेका थिए । उनले उद्योगी ब्यबसायी भनिने ब्यक्तिहरुले समयमै कर नतिरेको गुणासो पनि गरे ।

यो बीचमा कुनै दिन नेपालकै स्मार्ट भनेर नारा लगाइएको तुलपुर बजारको मुख्य सडककै बत्तिहरु बल्न छोडेको महिनौ भइ सकेको छ । जस्लाई कतिपय सर्वसाधारणले ‘स्मार्ट नभइ अँध्यारो तुलसीपुर’को संज्ञा दिने गरेका छन् । यो बीचमा सडक पोलको बिद्युत बक्यौता बढ्दा उपमहानगरको बिजुली बत्ति काटिएको बिगत पनि छ ।


रकम अभावककै कारण करारका कर्मचारी र शिक्षकले समयमै तलव नपाएको गुनासो पनि उत्तिकै छ । जनप्रतिनिधि, स्थायी र करारका कर्मचारी गरि मासिक झन्डै डेढ करोड तलव खर्च हुने गरेको छ । मासिक लाखौंको इन्धन खतप भएको, एउटापनि उदाहरणिय र उल्लेखनिय कामको सुरुवात गर्न नसकेको हुँदा कतिपयले इमान्दार भएपनि मेयर खड्काको कार्यकाल फोटो झुण्ड्याएर मात्रै बित्छ कि भनेर आशंकाहरु गर्न थालेका छन् । तर, खड्का भने आँफुले कुनै अनियमिततापनि नगर्ने, सकेसम्म राम्रो काम गर्न प्रयास गर्ने अनि कुनैपनि बिकार काम नगर्ने धारणा राखे ।


सबैका लागि सहज र सरल भेट दिने खड्काको बढी जस्तो समय कार्यक्रमहरुमा भाषण गर्दै बित्ने गरेको छ । त्यसपछिको उनको धेरै समय मानिसहरु मर्दा मलामा सहमागी हुनु, बिहे, पार्टीहरुमा पुग्दा बित्ने गरेको छ । यी बाहेक बर्ष अन्त्यतिर मेयर खड्का एक पटक टर्कीको हप्ता दिनको भ्रमण गरि फर्किएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *