२०८३ बैशाख २ गते बुधवार

नेपालगंज बिमानस्थलमा ३ अर्बमा नयाँ टर्मिनल भवनको निर्माण कार्य जारी

बाँके, चैत १८ । बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलमा तीन अर्ब लगानीमा सुबिधा युक्त नयाँ टर्मिनल भवन निर्माणको काम जारी रहेको छ । टर्मिनल भवन निर्माणको काम शर्मा एण्ड कम्पनी काठमाडौंले गरिरहेको छ ।


निर्माण कम्पनीकाको तर्फबाट नयाँ टर्मिनल भवनका कन्ट्याक्टर बिनोद सुबेदीका अनुसार नयाँ टर्मिनल भवनको काम सन २०२२ डिसेम्बर १६ बाट सुरु भएको हो । सम्झौता अनुसार काम सन २०२५ डिसेम्बर १५ मा सकिसक्नु पर्ने छ ।

काम सुरु भएको करिब तीन महिनाको अबधिमा बेसमेन्टको १८ प्रतिसत काम पुरा भइसकेको निर्माण स्थलमा खटिएका इञ्जिनियर कमल पौडेलले जानकारी दिए । नयाँ टर्मिनल भवन तीन तले र पूर्ण अपाङ्ग मैत्री निर्माण गर्न थालिएको छ ।
४ हजार ४ सय ३८ वर्गमिटर क्षेत्रफलमा नयाँ तीन तले टर्मिनल भवन निर्माण गर्न थालिएको छ ।

जबकी बिमानस्थलको पुरानो एक तले टर्मिनल भवन जम्मा दुई हजार स्क्वायर मिटर क्षेत्रफलको मात्रै छ । नयाँ टर्मिनल भवन निर्माण भइ प्रयोगमा आएमा पुरानो संरचनाहरु भत्काइने छ ।


नयाँ टर्मिनल भवनको क्षेत्रफल ४४६० दशमलब ६६ स्क्वायर मिटरको रहेको छ । यात्रुको क्षमता अन्तरगत डोमेष्टिक डिपार्चर हलको ४४८ सिट र अराइभल वइटिङ लाउन्चको सिट क्षमता २२० रहेको इञ्जिनियर पौडेलले बताए ।


नयाँ भवनको २२ प्रतिसत संरचना ब्यापारिक प्रयोजनका लागि छुट्याइएको छ । त्यसमा ७२ वटा पसल राख्न मिल्ने छ भने तीन वटा क्याफेटेरिया हलहरु निर्माण गरिने छ । तीन वटा भिआइपी रुम, दुई वटा चिल्ड्रेन प्ले एरिया र थप दुई वटा अलग ‘स्मोकिङ जोन’ लागि कोठाहरु निर्माण गरिदै छन् ।


पछिल्लो समय राँझा बिमानस्थलमा हवाइ उडानको संख्या र यात्रुको चाप बढ्दै गएको तथ्याङ्कले देखाउँ छ । सन २०२२ को तथ्याङ्क अनुसार दैनिक औसत १५०० सय ५२ यात्रु यो बिमानस्थलबाट आवात जावात गर्ने गरेका छन् । त्यही भएर पूरानो संरचनाले धान्न सक्ने अबस्था नरहेको हुँदा नयाँ टर्मिनल बनाउन लागिएको हो ।


दैनिक चार सय जना श्रमिकले नयाँ टर्मिनल भवन निर्माणको काम गरिरहेका छन् । तीन महिनाको अबधिका मुख्य भनिएको बेसमेन्ट एरियाको काम पुरा भएको र यो पुरै संरचनाको १८ प्रतिसत काम भएको सुबेदीले बताए ।


दुई बर्ष भित्र नयाँ टर्मिनल भवन निर्माणको काम पुरा गरि सक्ने उदेश्यका साथ काम भइरहेको सबुेदीले जानकारी दिए । सुबिधा युक्त नयाँ टर्मिनल भवन निर्माण भए राँझा बिमानस्थल नेपालकै एक प्रमुख डोमेष्टिक बिमानस्थलका रुपमा बिकास हुने छ ।
राँझा बिमानस्थल करिब ५८ बर्ष पहिले १९६१ मार्च १५ देखि पहिलो उडान भएको इतिहास छ । आइसिएको बर्गिकरण अनुसार यो एयरपोर्ट थ्री सी अन्तरगत पर्ने गर्छ । १६६ विघा क्षेत्रफलमा फैलिएको विमानस्थलको अहिलेको धावन मार्गको लम्बाई १७०० मिटर र चौडाइ ३० मिटरको रहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *