२०७९ चैत्र ११ गते शनिवार

सुनको भाउ बिहिवार १ हजार रुपैयाँले बढ्यो

काठमाण्डौ ,चैत २ । सुनको भाउ आज बिहीवार तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो बुधवार स्थिर रहेको सुनको भाउ आज तोलामा एक लाख छ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख पाँच हजार सात सय रुपैयाँ थियो । यो हप्तामा मात्रै सुनको भाउ तीन हजार दुई सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन सुनको भाउ तोलामा एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी पाँच रुपैयाँले बढेर एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *