२०८२ असार ५ गते शुक्रवार

संसदीय व्यवस्थाको मर्म अनुसार अगाडि बढ्छौं–मुख्यमन्त्री गिरी

दाङ, फागुन १५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थाको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोे ग्रास रुट अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘प्रदेश सरकार फेरबदल हुँदैन । हामी संसदीय व्यवस्थाको मर्म अनुसार अगाडि बढ्छौं ।’

प्रदेश सभाको ठूलो दलको हैसियतले सबै दलको सहमति र सहकार्यअन्तर्गत एमाले अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री गिरीले ‘हालसम्म संघीय सरकारमा देखिएको समस्या प्रदेश सरकारमा नदेखिएको बताए । उनले सत्ता साझेदार दलसँगको आपसी समझदारी अनुसार अगाडि बढिरहेको बताउँदै प्रदेश सभामा रहेका सबै दलसँग सहकार्य गरी अगाडि बढ्ने पनि बताए ।

केन्द्रीय सरकारमा देखिएको समस्याले बामपन्थी आन्दोलनलाई कमजोर बनाएको भन्दै मुख्यमन्त्री गिरीले देशी विदेशी शक्तिकेन्द्रको प्रभावमा परेर परिवर्तन बिरोधी कार्य हुन थालेको बताए ।

‘एमाले–माओवादी बीचको गठबन्धन टुट्नु बामपन्थी आन्दोलन माथिको कुठाराघात हो । यसले बामपन्थी आन्दोलन थप पछाडि ढकेलिने खतरा बढ्यो । विदेशीको इशारामा परिवर्तन बिरोधी गतिविधि सञ्चालन भइरहेका छन् । यसले मुलुक थप संकटग्रस्त बन्छ ।’

नेपाली जनताको लामो संघर्षपछि राजनीति आन्दोलनमा सफलता प्राप्त गरे तापनि विकास र समृद्धिको आन्दोलनमा विजय हासिल गर्न बाँकी रहेको भन्दै मुख्यमन्त्री गिरीले पार्टीलाई जनतासँग जोडेर जनमतको बलमा समृद्धिको आन्दोलनमा सफलता हासिल गर्ने बताए ।

जनताको माया, ममता र सद्भावबाट हुर्किएको नेकपा (एमाले) जनताको बीचबाट टाढा हुन जान थालेपछि जनतासँग पार्टीलाई जोड्न मिसन ग्रास रुट अभियान सञ्चालन गरेको मुख्यमन्त्री गिरीको भनाइ थियो ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *