२०८१ बैशाख १२ गते बुधवार

स्थापना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगीता

दाङ, फागुन १५। दाङ जिल्ला उद्योग वाणिज्य संघको ५२ औ स्थापना दिवस तथा १८ औ साधारण सभाको अवसरमा सोमवार व्यावसायीहरु विच हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

प्रतियोगीतामा गल्ला तथा किराना व्यवासायी समिती प्रथम, प्लाष्टिक व्यावसायी समिती द्धितीय र रेडिमेट फेन्सी व्यावसायी समिती तृतीय भएको हाजिरी जवाफ प्रतियोगीता समितीका संयोजक भरतप्रसाद रेग्मीले जानकारी दिए ।

प्रतियोगीतामा संघ अन्र्तगतका वस्तुगत समितीहरुको सहभागिता रहेको थियो । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए । फुटवल प्रतियोगीताको सेमिफाइनल खेल वुधवार हुने भएको छ ।

बुधवार विहान खेल हुने फुटवल प्रतियोगीताका संयोजक माधव खनालले जानकारी दिए ।

उनका अनुसार पहिलो खेल रेडिमेट फेन्सी व्यावसायी र मोवाइ तथा इलेक्टोनिक व्यावसायी विच हुने छ । भने दोस्रो खेल अटो व्यावसायी एशोसियसन र दाङ देउखुरी होटेल व्यावसायी समिती विच हुने भएको खनालले बताए ।

संघको स्थापना दिवसको अवसरमा व्यावसायीहरु विच विभिन्न मैत्रिपुर्ण प्रतियोगीताहरु आयोजना गरिएको छ । संघको स्थापना दिवस आउदो चैत ९ गते र साधारण सभा चैत ११ गते हुदै छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *