२०८२ असार ४ गते बिहिवार

नेपाल एयरलाइन्सले घटायो दाङको भाडा

दाङ,फागुन १३ । नेपाल एयरलाइन्सले दाङ काठमाडौं भाडा घटाएको छ। दाङ एयर्पोटमा इन्धन डिपो स्थापना भइ सञ्चालनमा आएपछि हवाई भाडाको समायोजनको चर्चा चलिरहेको थियो।

त्यही अनुसार फागुन १३ गते देखि लागु हुने गरि नेपाल एयरलाइन्सले दाङ काठमाडौं हवाई भाडा घटाएर ६ हजार ३ सय बनाएको हो।

यस अघि ८ हजार ८ सय रुपैयाँ रहेको थियो। काठमाडौं दाङ ६ हजार ५ सय तोकिएको छ। पहिले ९ हजार १० रुपैयाँ कायम गरिएको थियो। शनिबारदेखि नै नयाँ भडादर कायम भएको छ।

नेपाल एयरलाइन्सका दाङ स्टेशन प्रमुख महेन्द्र कुमार शर्माले भने, ‘पहिलेको भाडादरमा धेरै हेरफेर भएको छ। अहिले दाङ काठमाडौं न्युनतम ६३०० र काठमाडौं दाङ न्युनतम ६५०० निर्धारण गरिएको छ। अधिक्तम ११ हजार ९ सय १५ रुपैयाँ रहेको छ।’

नेपाल एयरलाइन्स अहिले दाङमा हप्ताको ४ दिन उडान गरिरहेको छ। यो हप्ता आइतबार उडान हुने छ भने अर्को हप्तादेखि म‌ंगलबार, बिहीबार, शुक्रबार र शनिबार गरी ४ दिन उडान हुने छ।

एयरलाइन्सले न्युनतम ६३०० र ६५०० तोके पनि पाँच प्रकारको भाडा तोकिएको छ। काठमाडौं दाङ ६५ सय, ७ हजार, ८ हजार, ९ हजार र ११ हजार ९ सय ६५ छ भने दाङ काठमाडौं‌ सबैमा दुई सय कम रहेको छ।

दाङमा सीता एयरले पनि पछिल्लो समय उडान भरिरहेको छ। सिताले ८ हजार भाडा तय गरेको छ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *