२०८१ बैशाख १० गते सोमवार

सीता एयरले बुधबारदेखि टरिगाउँमा उडान भर्दै

८ हजार भाडा निर्धारण

तुलसीपुर,फागुन २ । सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा उडान भर्ने भएको छ । बुधबारदेखि उडान भर्न लागेको हो ।

अब हप्तामा तीन दिन सोमबार, बधबार र शनिबार उडान भर्नेछ । यो संगै अब हप्तामा ६ दिन एयरपोर्टमा जहाज उडान भर्ने भएको छ ।

यस अघि नेपाल एयरलाईन्सले आईतबार, मंगलबार,विहीबार र शनिबार उडान भर्ने गरेको थियो ।

अब शनिबार सीता एयर र नेपाल एयरलाईन्स दुबैले उडान भर्नेछन् । सीताले दाङबाट काठमाडौं जाँदा ८ हजार र काठमाडौंबाट दाङ आउदा ८ हजार एकसय भाडा तय सीता एयरका प्रमुख प्रबन्धक विनोद मिश्रले बताए।

उनका अनुसार काठमाडौंबाट दिउँसो १२ः१० बजे उडान भर्नेछ, भने दाङबाट दिउसो साढे १ बजे उडान भर्नेछ ।

माघ १३ गते टरिगाउँमा सीता एयरले परीक्षण उडान भनेको थियो । अहिले जहाज नियमित नहुँदा यात्रुहरुहरुले पटक–पटक धोका पाउने गरेका छन् । त्यसले गर्दा पनि सीता एयरसंग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताए ।

हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भइ सञ्चालनमा पनि आइसकेको छ । तर, भाडा भने घट्न सकेको छैन ।

नेपाल एयरलाईन्सले दाङदेखि काठमाडौंको न्यूनतम आठ हजार आठ सय दश रुपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम नौं हजार १० रहेको छ ।

हाल रहेको ७५० मिटर लम्बाई र ३० मिटर चौडाई रहेको धावनमार्ग पनि विस्तारकालागि पहल भइरहेको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *