२०८२ माघ २८ गते बुधवार

बेलझुण्डीमा नेबिसंघको इकाई समिती गठन

तुलसीपुर ,माघ १७ । नेपाल बिद्यार्थी संघ केन्द्रीय आयुर्वेद बिद्यापीठ बेलझुण्डी इकाइको नयाँ नेतृत्व चयन भएको छ ।

नेबिसंघ इकाइको आज सम्पन्न भेलाले वसन्त अधिकारीको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो ।

दिवाकर सापकोटाको अध्यक्षता एवं नेबिसंघ जिल्ला अध्यक्ष कुलराज पोख्रेलको प्रमुख आतिथ्यमा भएको भेलाले वरिष्ठ उपसभापतिमा दिवाकर सापकोटा र शिबम मिश्रलाई चयन गरेको छ ।

यसैगरी उपसभापतिमा पारस गिरी,ओजस्वी रिजाल र अरबिन्द्र कुमार यादव, सचिवमा प्रदिप दहाल,सहसचिवमा निराजन गौतम र निशा काफ्ले,कोषाध्यक्षमा निधि रौनियार र प्रवक्तामा उपेन्द्र पोख्रेल चयन भएका छन ।

कार्यक्रममलाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेबिसंघ जिल्ला अध्यक्ष पोख्रेलले नेपाल बिद्यार्थी संघले शैक्षिक मुद्दाहरुमा आवाज बुलन्द पार्दै आएको स्मरण गराउदै विद्यार्थीका हकहित र समग्र शैक्षिक मुद्दाहरुमा केन्दृत बनेर अघि बढ्नु पर्नेमा जोड दिए ।

शैक्षिक क्षेत्रमा तमाम समस्याहरु अहिले पनि यथावत रहेको भन्दै पोख्रेलले बिद्यमान यस्ता समस्या समाधानको दायित्व सबै नेबिसंघ कर्मिहरुको रहेको बताए ।

यसका साथै लोकतन्त्र बचाउका निम्ति नेपाल बिद्यार्थी संघले अहम भुमिका खेल्ने बताउदै पोख्रेलले माउ पार्टी नेपाली काङ्ग्रेसको निर्देशन बमोजिम नेपाल बिद्यार्थी संघले आफ्नो कृयासिलता वृद्धि गर्ने बताए ।

कार्यक्रममा ओजस्वी रिजालले स्वागत गरेको कार्यक्रममा पारस गिरी,दिपेन्द्र खड्का,बिदुर गौतम,सरद गौतमले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण प्रदीप दहालले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *