२०८१ बैशाख १३ गते बिहिवार

आयोगले आज राष्ट्रपति निर्वाचनको मिति सार्वजनिक गर्ने

काठमाण्डौ,माघ १६ । निर्वाचन आयोगले सोमबार राष्ट्रपतिको निर्वाचन मिति सार्वजनिक गर्दैछ।

आयोगका अनुसार आज १२ निर्वाचन आयुक्तहरूको बैठक बस्दैछ। सोही बैठकबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने तयारी रहेको बताइएको छ।

सत्ता साझेदार गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारमा सहमति जुट्न सकेको छैन। यता नेपाली कांग्रेसले राष्ट्रिय सहमतिअनुसार राष्ट्रपति बन्नुपर्ने बताउँदै आएको छ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ मा सकिँदैछ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *