२०८३ भाद्र ७ गते आइतवार

रुकुममा गाडीको ठक्कर बाट बिते आमा छोरी

दाङ, भदौ ७ ।
रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमा छोरीको मृत्यु भएको छ ।

आइतबार बिहान आइतबार बिहान साढे ८ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका – ८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा सिम्लीबाट चौरजहारी तर्फ जाँदै गरेको भे. १ ज . १४८२ नम्बरको ईभी गाडीले आमा छोरीलाई गम्भीर ठक्कर दिएको थियो ।
त्यो ठक्कर बाट गम्भीर घाइते गुल्मीको रुरुक्षेत्र गाउँपालिका –४ बलेटक्चाकाकी २६ बर्षीया स्वस्तिका पौडेल र उनकी २ बषीया छोरी शान्दिका ज्ञावलीको मृत्यु भएको छ ।
रुकुम पश्चिमका प्रबक्ता प्रहरी निरीक्षक झबेन्द्र परियारले उपचारका क्रममा रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा आइबार बिहान साढे ९ बजेतिर आमा छोरीको मृत्यु भएको बताए ।

    आइतबार बिहान साढे ८ बजेतिर  जिल्लाको  सानीभेरी गाउँपालिका – ८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा क.प्र.०२००१ ख १०७० नम्बरको यात्रुबहाक  फोर्स गाडीमा आमा छोरी सवार थिए ।  

त्यही बीचमा छोरी शान्दिकाले सौच गर्ने बताएको हुँदा आमा स्वस्तिकाले छोरीलाई सौचालय लैजान भनेर बीचमा गाडी रोकेर आमा छोरी झरेका थिए । त्यति बेला बिपरित दिशा बाट तीब्र गतिमा आइ रहेको भे. १ ज . १४८२ नम्बरको ईभी गाडीले आमा छोरीलाई गम्भीर ठक्कर दिएको थियो ।
आमा छोरी रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट सुर्खेत तर्फ जाँदै थिए । उनीहरु गुल्मीस्थित घर तर्फ फर्किन भनेर हिडेका थिए ।
मृतक स्वस्तिका पौडेल रुकुम पश्चिमको सदुरमुकाम मुसिकोट खलंगास्थित सनराइज बैंकमा कार्यरत श्रीमान घनश्याम ज्ञावलीलाई भेट्न गएकी थिइन । श्रीमानलाई भेटेर बिहान गुल्मीस्थित घर फर्किन हिडेका उनीहरुको गाडीको ठक्कर बाट बाटोमै मृत्यु हुन पुगेको हो ।
इभी गाडीका चालक सानीभेरी गाउँपालिका – ३ चौखेका २२ बर्षीय अम्मर विक प्रहरी नियन्त्रणमा छन् ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *