२०८३ भाद्र ११ गते बिहिवार

बिहीबार बेलुकी ५ बजेसम्म ३५९ जनाको शब फेला


दाङ, भदौ ११ ।

बुधबार आएको बिनासकारी बाढीमा परेका मध्य ३५९ जनाको शब फेला परेको छ ।
बुधबार बिहान पौने ९ बजेतिर भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता मध्य बिहीबार बेलुकी ५ बजेसम्म ३५९ जनाको शबहरु फेला परेको प्रहरीले जनाएको छ ।
सबै भन्दा धेरै १३२ वटा शब चितवनमा फेला परेका हुन । त्यसपछि नवलपरासी पूर्वमा ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले सार्वजनिक गरेको बिवरणमा उल्लेख छ ।
खोज तथा उद्धारको कार्य अझैं जारी छ । थप शबहरु फेला पर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *