२०८१ बैशाख १३ गते बिहिवार

रबी लामिछाने सांसद बन्न अयोग्य छन् –सर्बोच्च

काठमाडौं, माघ १३ । सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सांसद बन्न अयोग्य रहेको सर्वौच्च अदालतले फैसला गरेको छ । यो संगै अब उनको गृहमन्त्री पदसमेत नरहने देखिएको छ ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत हुन ।
नागरिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै सर्बौच्चले उनलाई प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरेको हो ।

शुक्रबार सर्वौच्चले यस्तो फैसला गरेको हो । लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुन प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला सबौच्चले गरेकोहो । यो फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ।

लामिछाने मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

अब उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको छ ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *