२०८३ बैशाख १६ गते बुधवार

राजेन्द्र लिङ्देन बने उपप्रधान तथा उर्जामन्त्री

काठमाडौँ,माघ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री नियुक्तमा भएका छन्।

राष्ट्रपति कार्यालय, शीतल निवासमा लिङदेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन्।

यससँगै प्रचण्ड सरकारमा चार उपप्रधानन्त्री भएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन्।

प्रधानमन्त्रीसहित गृहमन्त्री र केही मन्त्रीले ११ पुसमा शपथ लिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *