शिवराज खनाल ,दाङ, मंसिर ११ । लमही नगरपालिकामा कार्यरत कर्मचारी आन्दोलित भएका छन । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले कर्मचारीलाई जथाभावी दुःख दिन थालेको भन्दै कर्मचारी आन्दोलित भएका हुन ।
अधिकृत डाँगी रहेसम्म कामकाज गर्न असमर्थ रहेको जानकारी सहित नगर प्रमुख, उपप्रमुख कार्यपालिका र जिल्ला अधिकारीलाई समेत ज्ञापन पत्र बुझाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत डाँगीले केही कर्मचारी लाई काखी च्यापी अन्य कर्मचारी लाई मानसिक टचर दिने डर धम्की देखाउने गरेको आन्दोलनमा सहभागी कर्मचारी बताउछन ।
‘प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले पटक–पटक लमही नगर प्रमुखबाट आफु अनुकुल निर्णय गर्न लगाई कर्मचारीलाई दरबन्दी नभएको ठाउँमा सरुवा गर्ने, लोकसेवा आयोगबाट नियुक्ती लिदा तोकिएको सेवा समुह भन्दा फरक स्थानमा कामकाज गर्न खटाउने, कर्मचारी माथी शोषणदमन ज्यादती गर्ने गरेको आन्दोलित कार्मचारीले आरोप समेत लगाएका छन ।
आइतबार कार्यपालिका लाई बुझाइएको ज्ञापनपत्रमा कर्मचारीहरुलाई अनावश्यक रुपमा नीति नियम, विधि पद्धती भन्दा बाहिर गएर आफु खुसी एक तर्फी रुपमा दरबन्दी विना मातहतको कार्यालयमा खटाएको, कर्मचारीहरुलाई कानुनी प्रक्रिया विना ई–हाजिरुबाट नाम हटाई हाजिर हुनबाट बञ्चित गरेको, लमही नगरपालिका अन्तरगतका कार्यालयका र्कचारीहरुलाई कार्यसम्पादन मुल्यांकनको डर त्रसा देखाई अनावश्यक दवाव सृजना गरेको आरोप लगाइएको छ ।
राईट म्यान ईन राईट प्लेसको सिद्धान्त विपरित कर्मचारीलाई आफु खुसी कार्य जिम्मेवारी दिने गरेको, प्रशासनिक कर्मचारीलाई प्राविधिक क्षेत्रमा र प्राविधिक कर्मचारीलाई प्रशासनिक क्षेत्रमा जिम्मेवारी दिएको, योग्यता प्रणालीबाट नियुक्त र्कचारीलाई गरिने निर्देशन कार्य पद्धती हिटलरी शासन भन्दा कम नभएको आरोप लगाइएको छ ।
लमही नगरपालिकाको कर्मचारी प्रशासनमा लुट प्रणाली स्थापीत गर्न खोजिएको, एउटै कर्मचारीलाई पटक–पटक सरुवा गरी मानसिक तनाव दिएको, महिनौं सम्म कर्मचारीहरुलाई पदिय जिम्मेवारी नदिई सजाय दिएको, जुन निजामती सेवा ऐन, नियम विपरित रहेको विज्ञप्तीमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रकाश सुवेदी सागर र वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरीले गेहेन्द्र बहादुरले कार्यपालिकाको निर्णय समेत कार्यन्वयन नगर्दा जनताले पालिका बाट पाउनु पर्ने सेवा सुबिधा बाट बन्चित हुन परेको बताए ।
