२०८२ मङ्सिर २२ गते सोमवार

प्रथम तुलसीपुर लाेक नृत्य तथा लाेक दाेहाेरी कार्यक्रमकाे तयारी पुरा


तुलसीपुर, असोज २८। तुलसीपुरमा आज देखि संचालन हुन लागेकाे ‘प्रथम तुलसीपुर लाेक नृत्य तथा लाेक दाेहाेरी कार्यक्रमकाे तयारी पूरा भएकाे छ ।

स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ संचालन हुन लागेकाे कार्यक्रममा स्टल व्यवस्थापन र आवश्यक व्यवस्थापनकाे काम पूरा भएकाे हाे ।

कातिक ११ गते सम्म संचालन हुने कार्यक्रममा लोक दोहोरी र नृत्य प्रतियोगिताका साथै अन्य विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

‘स्वास्थ्य शिक्षा, सुचना हाम्रो अभियान, कला, संस्कृती र भेषभुषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको मेलामा एकल, युगल र सामुहिक नृत्य र दोहोरी प्रतियोगिता हुने आयोजक मितेरी युवा क्लबका अध्यक्ष तथा संयाेजक अजय बुढाथोकीले जानकारी दिए।

उनका अनुसार मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको विभिन्न साँस्कृतिक प्रस्तुति रहने भएको छ ।

मेलामा आदिवासी, जनजाती समुदायको रहनसहन र भेषुभुषा प्रदर्शनी हुनुका साथ बाल उद्यान पनि रहने उनले बताए ।

नृत्य तथा दोहोरी प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने पुरस्कार समेत प्राप्त गर्ने भएका छन् । नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उनले बताए ।

यस्तै लोक दोहोरी प्रतियोगितामा प्रथम हुनेले ५० हजार , द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बुढाथोकीले बताए ।

प्रतियोगिताको लागि पहिलो चरणमा असोज २९ गतेदेखि कातिक ३ गतेसम्म अडिसन(छनौट) प्रतियोगिता हुनेछ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ संचालन हुने मेलाकाे उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चाैधरीले गर्ने भएका छन।

मेलामा करिब २ लाखले अवलोकन गर्ने र २५ लाखको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

आयोजक क्लबले मेलामा बिक्रि भएको प्रति टिकटको ५ रुपैँया सामाजिक काममा समेत लगाउने भएको छ ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *