घोराही,भदौ १८ । नेकपा एमालेले दाङ क्षेत्र नम्वर २ प्रदेश सभा (क) मा बलिभद्र रानालाई प्रत्यक्ष तर्फको एकल उम्मेदवार बनाउने भएको छ ।
यसअघि अरु धेरैको नाम चर्चामा रहेपनि एमालेले सर्वसम्मत निर्णय गरि रानालाई एकल उम्मेदवार बनाउने निर्णय भएको स्रोतको दाबी गरेको छ ।
उनी प्रदेश निर्माण ब्यबसायी महासंघका यसअघिका अध्यक्ष हुन ।
एमाले प्रदेश (क) का संयोजक भानसिङ बुढाको अध्यक्षता एवं पोलिटब्यूरो सदस्य नरूलाल चौधरीसहित बसेको बैठकले प्रदेश कमिटी सदस्य रानालाई प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
२०७४ सालको प्रदेशको चुनाबमा पनि राना एमालेबाट एक नम्बरमा सिफारिस भएका थिए ।
तर, अन्तिममा एमाले महासचिव शंकर पोखरेल चुनाब लडेका थिए ।
त्यसपछि राना प्रदेशको जनजाती कोटाबाट एक नम्बरमा समानुपातिकको सिटमा परेका थिए ।
प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार