बाँके भदौ १७ । अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले सरकारले कसैलाई पनि भोकै मर्न नदिने बाचा गरेका छन् ।
शुक्रवार बाँकेको नरैनापुर गाउँपालिकाको स्थलगत अनुगमन पछि अर्थमन्त्री शर्माले त्यस्तो आश्वासन बाँडेका हुन ।
नरैनापुरमा यो बर्ष समयमै धानखेतीका लागि प्रयाप्त वर्षा नहुँदा स्थानीय किसान चिन्तित छन् ।
यो बर्ष नरैनापुरमा १५ प्रतिशत मात्रै धान रोपाई भएको छ । रोपेरको धानपनि धाँजा फाटेको छ । सुक्दै गएको छ । गाँउपालिका अध्यक्ष इस्तियाक अहमद साहले यो बर्ष नरैनापुरमा बर्षाको समयमासमेत बर्षा नहुँदा धान रोपाइँ नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी दिएका थिए ।
नरैनापुरलाई कार्यपालिकाको बैठकले पालिकालाई सुख्खा क्षेत्र घोषणा गरि किसानलाई ८० प्रतिशत करमा छुट दिने निर्णय यसअघि नै गरि सकेको छ ।
अर्थमन्त्री शर्माले नरैनापुरको भ्रमणका क्रममा खडेरी देखेर आँफु मर्माहत भएको बताएका थिए ।
मन्त्री परिषदमा कुरा राख्ने र तत्काल राहातको लागि केन्द्रीय सरकारबाटै व्यवस्था गराउने उनले आश्वासन बाँडका थिए । अर्थमन्त्री शर्माले अधिकाँश खेती योग्य जमिन बाँझो रहेको आफुले प्रत्यक्ष देखेको भन्दै आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका थिए ।
नरैनापुरले यो बर्ष खडेरीका कारण भोग्नु परेको समस्याका बारेमा मन्त्री परिषदको बैठकमा अबगत गराउनुका साथै प्रधानमन्त्रीसंग पनि कुरा गर्ने उनले बताएका थिए ।
नरैनापुरमा तीन हजार सात सय हेक्टर खेती योग्य जमिन भएपनि जम्मा दुई सय ६० हेक्टरमा मात्र सिंचाई सुविधा रहेको छ ।
यो बर्ष धान खेतीका लागि समयमै प्रयाप्त बर्षा नुहँदासबै सिचाईका श्रोत सुकेकोले ती ठाउँमासमेत सिंचाइ सुबिधा उपलब्ध नभएको गाउँपालिका अध्यक्ष साहले बताए ।