तुलसीपुर,साउन १४ । तुलसीपुरमा रहेको भ्यालीभ्यू होटल एण्ड लज नयाँ व्यबस्थापनका साथ सञ्चालनमा आएको छ । उक्त लजको शनिवार एक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारीले उद्धघाटन गरेका हुन ।
करिब ६ वर्ष देखि होटलको रूपमा सञ्चालनमा आएको अहिले भने नयाँ व्यबस्थापनका साथ सञ्चालन गरिएको सञ्चालक विजय गिरीले जानकारी दिए । उनका अनुसार ५५ लाखको लगानीमा सञ्चालन भएको होटल एण्ड लजमा एसी सहितको कोठाहरु रहेका छन् ।
सानो उमेरमा पढाइ लाई निरन्तरता दिँदै व्यवसायमा प्रवेश गरेका गिरीको अथक मेहेनतलाई साथ दिँदै आएकी आमा पूर्णिमा गिरी अहिले भने तुलसीपुरमा सफल ब्यबसायीको रूपमा आफूलाई देख्दा खुसी लागेको बताउछिन ।
उमेर सानो भएपनि सोच ठूलो भएको कारण हामी सफल भएको छौ,गिरीले भनिन्,‘जीवनको उर्जाशील समय ब्यबायमा लगाउने र अबल ब्यबसायीको बन्ने आमा छोराको सोच छ ।’
केही समय पहिलेदेखि खान र बस्नको मात्र ब्यबस्था भएको लजमा अहिले भने रेस्टुरेन्ट सञ्चालन गरी नयाँ सेवा दिँदै आएको छ ।
होटेलमा लोकल कुराको आइटम, हाँसको परिकार लगायत अन्य टिपिकल लोकल आइटमहरुको सेवा दिने सञ्चालक विजय गिरीले जानकारी दिए ।
