टेकबहादुर पुन, दाङ,जेठ ३० । जिल्ला समन्वय समिती दाङका लागि नब निर्बाचित पदाधिकारीहरुले सोमबार सपथ लिएका छन ।
समन्वय समितीको प्रमुखमा नवनिर्बाचित नित्यानन्द शर्मालाई मुख्य निर्बाचन अधिकृत रितेन्द्र थापाले सपथ खुवाएका हुन ।
लगत्तै प्रमुख शर्माले उपप्रमुख सहित ७ जना सदस्यहरुलाई सपथ खुवाएका छन ।
दाङ जिल्लाको १० स्थानिय तहबाट २० मत मध्य १२ मत नेपाली काँग्रेस सँग थियो । सबै पदाधिकारी निर्बिरोध निर्बाचित भएका हुन ।
माओबादी केन्द्र सँग आपसी तालमेलमा समन्वय समितीको निर्माण भएको छ ।
समन्वय समितीको उपप्रमुखमा चेतना चौधरी, सदस्यहरुमा कुलबहादुर बुढामगर, टोपाराम चौधरी, द्रोपती चौधरी, हरिदेबी पोख्रेल, कल्पना सेर्पाईली, जुन कुमारी बुढा मगर र सर्श्वती नेपाली रहेका छन ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते सोमवार