२०८१ मङ्सिर २७ गते बिहिवार

तुलसीपुरमा कार्यपालिकाको निर्वाचन जेठ २४ गते हुने

तुलसीपुर,जेठ १९ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकाको निर्वाचन यहि जेठ २४ गते हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि बिहिवार ४ दलले उम्मेदवारी दर्ता गराएका छन ।

कार्यपालिका निर्वाचनका लागि नेकपा एमालेका ६७,नेपाली कांग्रेसका २३,नेकपा माओवादी केन्द्रका ६ र स्वतन्त्रबाट १ जना गरि ९७ जना मतदाता रहेका छन । यी मध्येबाट ५ जनाले मात्र उम्मेदवारी दिन पाउने व्यवस्था छ ।

कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य मतदाता रहने व्यवस्था छ । निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालका अनुसार दलित र अल्पसख्यकबाट ३ जनाले उम्मेदवारी दिने पाउने व्यवस्था छ ।

दलित तथा अल्पसख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट दिनुपर्छ । नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख सहित १९ वटै वडाका अध्यक्ष रहने व्यवस्था छ ।

तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख एमालेले जितेको छ । बैशाख ३० गते सम्पन्न निर्वाचनबाट नेकपा एमालेले १०, नेपाली कांग्रेसले ५,नेकपा माओबादी केन्द्रले तीन र एक वडाध्यक्ष स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन ।

तुलसीपुरमा निर्वाचित जनप्रतिनिधिले शपथ लिएर कार्यभार सम्हालिसकेका छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *