तस्विर ः फरककोण ।
तुलसीपुर, जेठ ४ । तुलसीपुर उपमहानगरपालिकामा ९६२५ गन्दा नेपाली काँग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता लिइरहेका छन् ।
पछिल्लो मत परिनाम अनुसार गठबन्धनका साझा उम्मेदवार गिरीले ४२१२ मत प्राप्त गरेका छन् । यहाँ नेकपा एमालेका मेयर पदमा उम्मेदवार टीकाराम खड्काले ४०७६ मत प्राप्त गरेका छन् । काँग्रेसका गिरी एमालेका खड्का भन्दा १३६ मतले अगाडि छन् ।
त्यस्तै उपमेयर पदमा एमालेकी उम्मेदवार श्यानी चौधरीले सुरु देखिकै अग्रता कायम राखेकी छिन् । चौधरीले ३९४९ र गठबन्धनबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजबादीका जोगबहादुर राना मगरले ३४३२ मत प्राप्त गरेका छन् ।
एमालेकी चौधरी राना भन्दा ५१७ मतले अगाडि छिन् । अहिले वडा नं. ३,४ र ५ मा मतगणना चलिहरेको छ ।
अहिलेसम्मको स्थितिमा वडा नम्बर ३ नेकपा एमालेका बिरबहादुर बिकले ५११ र नेकपा एकीकृत समाजबादीका मंगल नेपालीले ३८४ मत प्राप्त गरेका छन् । बिरबहादुर र मंगल नाताले काका भतिजा हुन ।
त्यस्तै वडा नं. ४ मा नेकपा माओबादी केन्द्रका तुलसी थापा १३३१ मतका साथ अगाडि छन् । यहाँ एमालेका बालकृष्ण रानाले ११७० मत प्राप्त गरेका छन् ।
त्यस्तै वडा नं. ५ मा काँग्रेसका बीरेन्द्रकुमार शाह १६६ मतका साथ अगाडि छन् । यहाँ एमालेका पदम पोखरेलले १०४ मत प्राप्त गरेका छन् ।
अहिले सम्म तुलसीपुर १ र २ नम्बर वडाको मात्रै मतगणना सकिएको छ । १ मा गठबन्धनबाट माओबादी केन्द्र र २ नम्बर वडामा एमाले बिजय भएको छ ।