२०८३ साउन १ गते शुक्रवार

घोराहीमा २६ हजार मत गन्दा नरुलाल माओबादीका डायमण्ड भन्दा ९४४ मतले अगाडि

दाङ, जेठ २ । घोराही उपमहानगरपालिकामा २६ हजार बढी मत गणना हुँदा नेकपा एमालेका मेयर पदका उम्मेदवार नरुलाल चौधरी ९४४ मतले अगाडि देखिएका छन् ।

२६ हजार बढी मत गणना गर्दा नरुलाललाई १० हजार २ सय ६० र शर्माले ९ हजार २ सय ६६ मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर ९४४ रहेको छ ।

उपमेयरमा भने गठबन्धनबाट नेपाली काँग्रेसका भुपबहादुर डाँगीको अग्रता छ । डाँगीले १० हजार ५६ मत प्राप्त गर्दा एमालेकी उपमेयर पदकी उम्मेदवार हुमा डिसीले ९ हजार ८३६ मत प्राप्त गरेकी छन् । उनीहरु बीचको मतान्तर २१८ रहेको छ । घोराही उपमहानगरपालिकामा ७६ हजार ५ सय २१ मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *