दाङ, जेठ १ । सल्यानको शारदा नगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार युवा नेता प्रकाश भण्डारीले प्रतिष्पर्धी संगको अग्रता बढाउँदै लगेका छन् ।
काँग्रेस मेयरका उम्मेदवार भण्डारीले १३६७ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजबादीका उपमेयरका उम्मेदवार रेशमकुमार गौतमले ११५७ मत प्राप्त गरेका छन् । यहाँ माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादीका बीचमा चुनाबी तालमेल भएको छ ।
त्यस्तै मेयरमा नेकपा एमालेका मनोज प्रधानलाई १०१९, माओबादी केन्द्रका प्रमोद श्रेष्ठले ८९९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली काँग्रेसकी सुस्मिता सापकोटा सुनारले ९६६ र नेकपा एमालेकी जालना भण्डारीले ८९४ मत प्राप्त गरेकी छन् ।
मतगणना सकिएका वडा नं। १,२ र ३ मा नेपाली काँग्रेसले प्यानलसहित बिजयी हासिल गरेको छ । शारदा नगरपालिकामा कुल मतदाता २३९५८ मतदाता रहेकोमा १६४६६ मत खसेको थियो ।