२०८१ असार १० गते आइतवार

एमालेबाट तुलसीपुर-१७ का वडाध्यक्ष पदका उम्मेदवार चौधरीको निधन


तुलसीपुर,बैशाख २८ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।

एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको विरामी थिए । यस अघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर समेत काम गरेका थिए ।

चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उनलाई उपचारकालागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगियो ।

तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारकालागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।

उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *