२०८३ असार २७ गते शनिवार

फूलबारीमा इनार भत्किदा पुरिएका युवकको उद्धारको प्रयास जारी

तुलसीपुर, बैशाख २० । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ तुलसीपुरमा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवाको उद्धार हुन सकेको छैन ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार शनिबार बिहान साढे ११ बजेतिर तुलसीपुर – १३ साजकुटीमा इनार खन्ने क्रममा तुलसीपुर – १७ जमेराका २५ बर्षीय हरि चौधरी पुरिएका हुन ।

उनको उद्धारको प्रयास जारी रहेको र मंगलबार दिउँसोसम्म उद्धारको काम सकिने एसपी काफ्लेले बताए ।
झन्डै १८ हात गहिरो इनार खन्दै गर्दा धप्किएर चौधरीलाई पुरेको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *