२०८१ मङ्सिर १७ गते सोमवार

जुम्लामा गठबन्धन टुट्यो, चुनावमा एक्ला–एक्लै लड्ने

जुम्ला,बैशाख ११ । कर्णालीमा पालिका चुनावमा सत्ता साझेदार दलहरूबीच आठ जिल्लामा भागबन्डा मिले पनि जुम्लामा भने गठबन्धन टुटेको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन गरेर जाने केन्द्र तथा प्रदेशको निर्देशन भए पनि जुम्लामा गठबन्धन टुटेको हो ।

नेकपा (माओवादी केन्द्र) जुम्लाका संयोजक वीरबहादुर कुँवरले कर्णाली प्रदेशस्तरमा भएको पाँच दलीय गठबन्धनको निर्णय आफूले स्वीकार गरेको तर तर कांग्रेस र एकीकृत समाजवादीले नमानेको बताए । अब माओवादीले आफ्नो तरिकाले चुनाव लड्ने उनको भनाइ छ ।

नेकपा (एकीकृत समाजवादी) का जुम्ला अध्यक्ष तीर्थबहादुर बुढाले यसअघि नै आफ्नो पार्टी गठबन्धनबाट बाहिरिएको हुँदा आफ्नो कुनै सरोकार नभएको जानकारी दिए । उनले भने, ‘गठबन्धन ती दुई पार्टीबीचको हो । हामीले पहिले नै बाहिरिएका हौँ ।’

नेपाली कांग्रेसका जुम्ला सभापति कर्णबहादुर शाहीले गठबन्धन टुटेपछि नेपाली आफ्नो पार्टी पनि चुनाव एक्लै लड्ने जानकारी दिए ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *