तुलसीपुर, चैत २७ । अहिलेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तहको निर्वाचनमा दाङमा एक्लै भिड्ने निश्चित जस्तै बनेको छ ।
एमाले जिल्ला कमिटी अध्यक्ष हुकुमबहादुर बस्नेतले दाङमा एमालेको कसैसंग तालमेल नहुने र एक्लै मैदानमा उत्रने बताए ।
बस्नेतले घोराहीमा भने अहिलेका मेयर नरुलाल चौधरीलाई नै फेरि दोह¥याउने तयारी भइरहेको उनले जानकारी दिए ।
त्यस्तै तुलसीपुरको हकमा यसअघिका जिल्ला कमिटी अध्यक्ष टीकाराम खड्काको संभावना उनले औंल्याए ।
तर, जिल्ला पार्टी कमिटीले तीन जनाको नाम सिफारिस गर्न आग्रह गरेको अध्यक्ष बस्नेतले बताए । औपचारिकताको लागि तीन जनाको नाम सिफारिस गर्न भनिएपनि घोराहीमा पुनः चौधरी र तुलसीपुरमा खड्काको संभावना रहेको स्रोतले जानकारी दिएको छ ।
तर, जिल्ला अध्यक्ष बस्नेतले भने तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट मेयरका लागि खड्का, जिल्ला कमिटी उपसचिव कृष्ण भुषाल, अहिलेका वडा नं. ६ का वडाध्यक्ष नबराज लामिछाने, जिल्ला कमिटी सचिव मनोहर बुढाथोकी र बिनोद शर्माको नामपनि लिए ।
लमहीमा कस्लाई उम्मेदवार बनाउने भन्ने बारे अझैं एकीन भइ नसकेको जिल्ला अध्यक्ष बस्नेतले जानकारी दिए । त्यहाँ एमालेमा पुरानैलाई दिने कि नयाँ खोज्ने भन्ने अलमल जारी नै छ ।
जिल्ला अध्यक्ष बस्नेतले सोमबारसम्म जिल्ला कमिटीमा तीन जनाको नाम सिफारिस भएर आने र ती नामबारे छलफल गरि प्रदेशमा पठाउने जानकारी दिए । मेयर उपमेयरको अन्तिम टुँगो भने केन्द्रले मात्रै लगाउने छ ।
तर, अध्यक्ष बस्नेतले तीन जना भन्दा बढीको नाम केन्द्रमा सिफारिस नगरिने बताए ।
एमाले बाट यतिखेर फेरि मेयर केसी, नारायण डाँगी (छं्रपाली), रतनकुमार केसीको नाम चर्चामा छ ।
त्यस्तै वडाध्यक्ष र सदस्यको हकमा आइतबार नै जिल्लामा सिफारिस आउने बस्नेतले जानकारी दिए । त्यसपछि पाँच जना जिल्ला कमिटीका पदाधिकारी बसेर वडाका उम्मेदवारको टुँगो २९ गते भित्रै लगाउने बस्नेले बताए ।
अध्यक्ष बस्नेतले दाङमा एमाले कसैसंग तालमेल नगरी एक्लै मैदानमा उत्रने स्पष्ट पारे । बस्नेतले फेरि पनि दंगाली जनताले एमाले रोज्ने र बिजयी बनाउने दाबी गरे ।