
लक्ष्मण बस्नेत,तुलसीपुर,चैत २६ । दाङको तुलसीपुरमा संचालित प्रथम अन्तर बैंक फुट्सल प्रतियोगिता २०७८ को उपाधी ग्लोबल आई एम ई बैंक शाखा तुलसीपुरले जितेको छ ।
तुलसीपुर बैंकर्स क्लबको आयोजनामा संचालित प्रतियोगिताको शानिवार सम्पन्न फाईनल खेलमा कुमारी बैंक शाखा तु्लसीपुलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पाखा लगाउदै ग्लोबल आई एम ई बैंकले उपाधी जितेको हो ।
उपाधी संगै उसले कप,मेडल तथा प्रमाणपत्र हात पार्यो । फाईनलमा सम्मानजक हार व्यहोरेको कुमारी बैंक उपबिजेतामा चित्त बुझाउन बाध्य भयो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म एकरएक गोलको बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउट बाट निकालिएको थियो ।
दुई दिन सम्म संचालित प्रतियोगितामा तुलसीपुर क्षेत्रमा स्थापित ११ कमर्सियल बैंकहरुको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह तुलसीपुर बैंकर्स क्लबका अध्यक्ष रन्जन कोईरालाको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं फुटलका पुर्व रास्ट्रीय खेलाडी सुधिर गुरुङको बिशिस्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा दाङ जिल्लाको फुटबल बिकास र बिस्तार संगै रास्ट्रीय स्तरका खेलाडि उत्पादनमा अतुलनीय योगदान पुर्याएको भन्दै फुटबलका पुर्व रास्ट्रीय खेलाडी सुधिर गुरुङ लाई सम्मान गरिएको थियो ।
कार्यक्रमको संचालन सानिमा बैंक शाखा तुलसिपुरका प्रवन्धक योगेश मल्लले गरेका थिए ।