२०८३ बैशाख १३ गते आइतवार

पाँच किलोमिटर दाैडमा अशाेक र सुशीला विजयी

जुम्ला,चैत २६ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर दौडमा अशोक विक र सुशीला विष्ट प्रथम भएका छन् ।

पुरूषतर्फ अशोक र महिलातर्फको दौडमा सुशीला प्रथम भएका हुन् । यसैगरी पुरूषतर्फ दिपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भए ।

महिलातर्फ कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतीय भएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

यसैगरी खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका हुन् ।

उनीहरूलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए । १६ वर्षमुनिको दौडमा विजेता खेलाडीलाई क्रमशस् प्रथमलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रूपैयाँ पुरस्कार दिइएको हो ।

खुलातर्फ प्रथमलाई ३ हजार, द्वितीयलाई २ हजार र तृतीयलाई एक हजार प्रदान गरियो । १६ वर्षमुनिको खेलमा १५६ जना खेलाडी सहभागी भएकोमा खुला दौडमा दुई सय बढी खेलाडीले भाग लिएका थिए ।

पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली खेल क्षेत्रमा अब्बल भएको बताए । उनले खेलकुदलाई कर्णाली सरकारले प्राथमिकताका साथ हेर्ने बताए । विश्व कीर्तिमानी धावकलाई सम्मान गर्नुपर्ने समेत उनले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *