तिर्थराज ज्ञवाली, देउदुरी चैत १५ । राप्ती गाउँपालिकामा खेलकुद प्रतियोगिता सुरु भएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ खेलकुद प्रतियोगिता सुरु भएको हो ।
गाउँपालिका वडा नं १ को कार्यालयको आयोजनामा भलिवल, क्रिकेट, ब्याडमिन्टन, फुटवल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको बुधवार गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले उद्घाटन गरेका हुन ।
प्रतियोगितामा उक्त वडाका भलिवल तर्फ ६ टिम, क्रिकेट तर्फ ५ टिम, ब्याडमिन्टन तर्फ २४ टिम, फुटवल तर्फ ५ टिमको सहभागिता रहेको छ ।
करिव २ सय बढी युवाको प्रत्यक्ष खेलमा सहभागिता रहेको वडा सचिव विश्व पौडेलले जानकारी दिए ।
वडा अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा प्रतियोगिता उद्घाटन कार्यक्रम भएको हो ।
त्यस अबसरमा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, शिक्षक फर्सुराम आचार्य लयायतले खेलाडी खेलको भावनाले खेल्न आग्रह गरे ।
प्रतियोगिता दुई दिन चल्ने छ ।
विजयी खेलाडीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने छ ।