२०८१ चैत्र १३ गते बुधवार

महाअभियोग सिफारिस समिति गठनको तयारी

काठमाडौं,फागुन २२ । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन गर्ने तयारी थालेको छ ।

कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा दलहरुलाई सिफारिस समितिमा रहने सदस्यहरुको नाम मागिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाम दिएपछि सिफारिस समिति गठन हुने संसद सचिवालयका एक अधिकारीले बताए ।

सत्तारुढ गठबन्धनका ९८ सांसदले १ फागुनमा जबराविरुद्ध महाअभियोग दर्ता गरेका थिए । यो प्रस्तावमाथि संसदमा सामान्य छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ ।

११ सदस्यीय समितिले आरोपबारे छानबिन गरी महाअभियोग सिफारिस गर्नसक्छ । त्यस्तो सिफारिस निर्णयार्थ पेस गर्दा एक चौथाई सदस्यले समर्थन गरेमा महाअभियोगको कारबाही प्रारम्भ हुन्छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *