२०८३ असार ११ गते बिहिवार

विद्यालयको छत लडेर बितिन ५ बर्षीया समीक्षा

दाङ, असार ११ ।
रोल्पामा विद्यालयको छतबाट लडेर पाँच बर्षीया एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको लुङ्ग्री गाउँपालिका–२ सिर्पकी ५ वर्षीया समीक्षा नेपालीको बिहीबार बिहान सिर्पस्थित गोकुल माध्यमिक विद्यालयको छतबाट लडेर मृत्यु भएको हो ।
सिशु कक्षमा अध्यनरत समीक्षा भवनको तीन तले छतमा खेल्दै गर्दा बिहान ९ ः २५ बजेतिर अन्दाजी ४० मिटर मुनी लड्न पुगेकी थिइन ।
अचेत अवस्थाकी समीक्षालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाने क्रममा बाटोमै मृत्यु भएपछि फिर्ता ल्याइएको थियो।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार समीक्षा स्थानीय धनबहादुर नेपालीकी छोरी हुन ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *