२०८३ असार ११ गते बिहिवार

रोल्पामा मध्यराति मोटरसाइकल दुर्घटना २ जना घाइते


दाङ, असार ११ ।
रोल्पामा मध्यराति मोटरसाइकल दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परि मोटरसाइकल चालक जिल्लाको त्रिबेणी गाउँपालिका –४ सिम्पानीका २२ बर्षीय बिनोद वली र पछाडि सवार सोही ठाउँका २० बर्षीय धर्मराज घर्ती मगर घाइते भएका छन् ।
वलीको टाउको र मुखमा चोट पटक छ भने उनको अवस्था मध्य रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मगरको बायाँ हातमा चोट रहेको तथा उनको अवस्थापनि मध्यम रहेको प्रहरी जनाएको छ ।
दुबै जनाको घर्तीगाउँ स्थित स्मृति हस्पिटलमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।
माडी गाउँपालिका –१ पेदीखोलास्थित घर्ती गाउँ झिनुवा भित्री सडक खण्डमा जुगाँरबाट जलजला तर्फ जादै गरेको लु.प्र.०२–००२ प १८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटोदेखि करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यो दुर्घटना बिहीबार बिहान १ बजेतिर भएको भएपनि प्रहरीले भने बिहान साढे ७ बजेतिर मात्रै सूचना पाएको थियो । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *