२०८२ असार ९ गते मङ्गलवार

खुमबहादुर खड्का स्मृति कप भलिबल जारी, तुलसीपुर फाईनलमा प्रवेश

लक्ष्मण बस्नेत,दाङ,फागुन २१ । तुलसीपुर उपमहानगरपालिका स्व.खुमबहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को फाईनलमा प्रवेश गरेको छ ।

नेपाली काग्रेस दाङको आयोजनामा संचालित प्रतियोगिताको शनिवार बिहान सम्पन्न सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिका लाई २५– २१,२५ –२१ र २५–१४ अर्थात ३–० को सोझो सेटमा पराजित गर्दै तुलसिपुरले फाईनल यात्रा तय गरेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको सहिद मञ्च घोराहीमा जारी प्रतियोगितामा आफुलाई उपाधिको दावेदारको रुपमा शसक्त र शानदार प्रस्तुत गर्दै आएको तुलसीपुरको तर्फबाट नेपालकै उत्कृष्ट ओपन स्पाईकर जर्सी न ४ का खेलाडी मान बहादुर श्रेष्ठ र जर्सी न ६ का खेलाडी धनबहादुर भट्टले उत्कृष्ट प्रदर्शन गरे ।

प्रतियोगिता अन्तरगत दिउँसो २ बजे पछि हुने दोस्रो सेमिफाइनल खेलमा घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्दैछ ।

प्रतियोगिताको उपाधिकाका लागि भोलि आईतवार दिउँसो फाईनल खेल हुने प्रतियोगिताका संयोजक राजु आचार्यले जानकारी दिए ।

त्यसैगरि प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमशः नगद दुई लाख र एक लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै ब्यक्तिगत बिधा तर्फ पुरस्कारको ब्यबस्था गरिएको संयोजक आचार्यले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *