तुलसीपुर,फागुन ५ । एकीकृत समाजवादी निकट युवा संघ नेपाल दाङले तुलसीपुरमा एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने भएको छ ।
शुक्रबार विहान तुलसीपुरमा प्रदर्शन गर्न थालिएको संघका जिल्ला अध्यक्ष हरिश गिरीले बताए ।
उनका अनुसार एमसीसी पास गर्ने गलत नियत देखिएको भन्दै यसलाई तत्काल फिर्ता लिन माग गर्ने समेत उनले बताए ।
उनका अनुसार तुलसीपुरको बीरेन्द्र चोकमा उक्त प्रदर्शन गर्न लागिएको हो ।
प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार