२०८१ बैशाख १४ गते शुक्रवार

लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा तुलसीपुरका बिमल रिजाल, महासचिवमा बिनिल केसी

तुलसीपुर,पुस २८ ।लुम्बिनी प्रदेश तेक्वान्दो संघको प्रदेश अध्यक्षमा दाङ तुलसीपुरका बिमल रिजाल निर्विरोध निर्वाचित भएका छन । प्रथम महाधिवेशनबाट यसअघिका संघका तदर्थ समितिका अध्यक्षसमेत रहेका रिजाल बुधबार अध्यक्षमा चयन भएका हुन ।

नेपाली काँग्रेसका केन्द्रीय महाधिबेशन प्रतिनिधि तथा तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका रिजाल बिभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल छन । महाअधिबेसनवाट लुम्बिनी प्रदेश उपाध्यक्षमा तुलसीपुरकै काँग्रेस नेता जितबहादुर केसी र भैरहवाका पराग दास गोर्खाली चयन भएका छन् ।

त्यस्तै तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव तथा नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका कार्यसमिति उपाध्यक्ष बिनिल केसी महासचिवमा चयन गरिएका छन् । संघको कोषाध्यक्षमापनि तुलसीपुरकै काँग्रेस युवा नेता मोहन सुनार छन् । त्यस्तै सचिवमा राजकुमार पाण्डे चयन भएका छन ।

सदस्यहरु मध्य तुलसीपुरका दिपेन्द्र रिजाल,दुर्गाबहादुर खड्का,देवबहादुर केसी,सचिन पौडेल, तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिरबहादुर रावत (बिरु),डम्बर बहादुर बुढाथोकी,साबित्रा गुरुङ्,श्याम घले,रामजी यादव र राजिव सिंह क्षेत्री चयन भएका छन । बुधबार १६ सदस्य समिति निर्माण भएको हो । जसमा बहुमत सदस्य तुलसीपुरकै छन् । मनोनितसहित संघको प्रदेश समिति २५ सदस्य हुन्छ । त्यस मध्य दुई जना केन्द्रीय प्रतिनिधि हुन्छन् ।

संघमा तीन जना रुपेन्देही, एक जना नवल परासी र आठ जना दाङ तुलसीपुरका परेका छन् । तुलसीपुरमा भएको संघको अधिबेशले संघको नयाँ नेतृत्व चयन गरेको हो ।

संघको भवन निर्माण गर्न ५० लाख रकम – मन्त्री चौधरी

लुम्बिनी प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले तेक्वान्दो संघ लुम्बिनी प्रदेशको भवन निमार्णका लागि प्रदेश सरकारबाट ५० लाख बजेट बिनियोजन गरिसकेको बताएका छन ।

बुधबार तुलसीपुरमा भएको लुम्बिनी प्रदेश तेक्वान्दो संघको प्रथम महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले संघको भवन निर्माण गर्न ५० लाख बजेट बिनियोजन गरिएको जानकारी दिएका हुन ।
‘भवन निमार्णका लागि प्रदेश सरकारबाट तेक्वान्दो सघंको नाममा ५० लाख बजेट छुट्याइएको छ, मन्त्री चौधरीले भने,‘अब माघ महिनामै उक्त भवनको शिलन्यास गरेर भवन निमार्णलाई अगाडी बढाउने छौं।’

उनले जिल्लाको खेलकुद क्षेत्रको बिकासका लागि आगामी दिनमा पनि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भवन निमार्णका लागि तुलसीपुर उपमहानगरपालिकाले ४ कठ्ठा जग्गा उपलब्ध गराइसकेको नव निर्वाचित संघका अध्यक्ष रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *