
दाङ, पुस २२ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न एक अर्व बजेट दिने केन्द्रीय सरकारले प्रतिबद्धता जाहेर गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीबीच भएको भेटवार्ता पछि प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्न एक अर्ब रुपैयाँ उपलब्ध गराउन प्रधामन्त्री देउवा राजी भएका हुन ।
लुम्बिनीका मुख्यमन्त्री केसीले त्यस्तो जानकारी दिएका हुन । देउखुरीस्थित राप्ती गाउँपालिकामा राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणको भइरहेको छ । बजेट अभाव भएपछि केन्द्रीय सरकारसंग ३ अर्ब माग्ने निणर्य लुम्बिनी प्रदेश सरकारले यसअघि नै गरेको थियो।
अब राजधानीको गुरुयोजनासहित भौतिक संरचना निर्माण सुरु हुने मुख्यमन्त्री केसीले जानकारी दिएका छन् । त्यस्तै जग्गा अधिग्रहणको कामपनि अघि बढाइने भएको छ ।
