तुलसीपुर,पुस १७ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्व चयनका लागि भएको मतदानमा २ हजार बढी मत खसेको छ ।
निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीका अनुसार मध्यान्न साढे १२ बजेसम्म २ हजार २२ मत खसेको छ । मतदान प्रकृया बिहान साढे सातबजेबाट सुरु भएको थियो ।
एकसय एक बर्षकी सानु चुडामणी भण्डारीले पहिलो मतदान गरेकी थिइन । मदानको समय अपरान्ह साढे चार बजेसम्म तोकिएको छ । मतदान तुलसीपुरस्थित अरनीको खेलको मैदानमा भइरहेको छ ।
तुलसीपुर खानेपानीमा ८ हजार १ सय ६५ उपभोक्ता छन् । तर, त्यसमध्ये निर्धारित समयमा महशुल बुझाएका ७ हजार ४ सय ६७ जना मात्रै मताधिकार पाएका छन् ।
प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार