२०८३ जेष्ठ ३० गते शनिवार

काँग्रेस महाधिबेशन ः उपसपतिमा ९०० मत गन्दा पूर्णबहादुर खड्काले सबैलाई उछिने


काठमाडौं, मंसिर २९ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत बुधबार बेलुकादेखि उपसभापति पदका उम्मेदवारको मतगणना जारी छ ।

प्राप्त पछिल्लो मत परिनाम अनुसार ९०० मतगणनामा हुँदा महामन्त्री पूर्णबहादुर खड्काले सबैलाई उछिनेका छन् । पुर्णबहादुर खड्का ३९५ मत प्राप्त गर्दा, धनराज गुरुङ ३९२, विजयकुमार गच्छदार ३५५ र डा . चन्द्र भण्डारी ३५१ मत प्राप्त गरेका छन् । यसअघि सम्म गुरुङ सबै भन्दा अगाडि थिए ।

खड्का र गच्छदार सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार हुन भने गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन् । कांग्रेस विधान अनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन् । काँग्रेस निर्वाचनमा झन्डै ४६ सय जति मत खसेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणना मध्य रातिसम्म सकिने अनुमान गरिएको छ । उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्य, प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी सुजाता कोइराला र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी जयश्वरी साह प्रतिस्पर्धा पछाडि छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *