२०८३ भाद्र ११ गते बिहिवार

वरिष्ठ नेता पौडेलले मतदान नगर्ने

काठमाडौँ,मंसिर २७ । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि हुने चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन ।

नेतृत्व चयनका लागि हुने मतदानमा पौडेल सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

यसअघि सभापति पदका आकाङ्क्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग भएका थिए । शेखर कोइराला र प्रकाशमान सिंहले दाबी नछाडेपछि पौडेल प्रतिस्पर्धाबाट बाहिरिएका हुन ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् । सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्यको लागि मतदान हुँदैछ । सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *