
तुलसीपुर , मंसिर १४ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत दाङ जिल्ला कार्यसमिति सदस्यमा बीरबहादुर खत्री (बीरु)ले घोराही पालिकामा खुल्ला तर्फ सबै भन्दा लोकप्रिय मत प्राप्त गरि निर्वाचित भए । शनिवार घोराहीमा भएको निर्वाचनमा बीरु संस्थापन पक्षधरका सभापति पदका उम्मेदवार भूपबहादुर डाँगीको प्यानलबाट उम्मेदवारी दिएका थिए ।
घोराही निवासी ३५ बर्षीय बीरुले खुल्ला सदस्यमा २ हजार १ सय ३६ खसेको मत मध्य सबै भन्दा बढी १ हजार २ सय ४१ मत पाएर नम्बर वान बन्न सफल भए । प्रस्पिर्धी मध्य सबैलाई उछिनेर बीरु एक नम्बरमा आउन सफल भए ।
बीरु प्रति मतदाताको अगाध माया र विश्वास देखियो ।
यो लोकप्रियता बीरुलाई त्यसै मिलेको भने हुँदै होइन । बीरुले पनि समाज र सर्वसाधारण नागरिकलाई त्यस्तै माया दर्शाउनुको रिफ्लेक्सन हो ।
शारीरिक बनावट मात्रै नियाल्दा हँसमुखा र गहुँ गोरो अग्लो जिउडालका बीरु आकर्षक युवा हुन । तर, उनलाई पहिलो पटक देख्नेहरु र बीरुको कपालको चुल्ठो मात्रै हेर्नेहरुले उनलाई अलि आवाँरा खाले युवा हो कि ? भन्ने लख काट्न सक्छन् । बीरुलाई बाहिरी आवरणले मुल्याङकन गर्नु उनको कोमल मन नबुझ्नु सरह हो । बीरुको सहयोगी भावना र सबैलाई समान रुपमान माया गर्ने विशाल हृदय नबुझ्नु सरह हुने उनलाई नजिकबाट चिन्नेहरु तर्क गर्छन ।
विश्वभर महामारीको रुपमा कोभिड–१९ फैलिदा कुनैदिन दाङ जिल्ला बासीपनि उत्तिकै त्राही त्राही थिए । एक ब्यक्ति अर्कौ ब्यक्तिलाई देख्दा लुक्नु, भाग्नु पर्ने अवस्था जो सृजना भएको थियो । देशै भर लकडाउन भयो । एक घरबाट अर्कौ घर जान सरकारले नै प्रतिबन्ध लगाएको कहाली लाग्दो अवस्था थियो । एक गाउँबाट अर्कौ गाउँ जाने बाटोहरु बन्द गरिएका अवस्थाहरु थिए ।
२०७६ साल चैत ११ गतेदेखि देशै भर लकडाउन र कतै निषेधज्ञा समेत जारी गरिएको थियो । त्यो प्रत्यक्ष भोगेका हामी सबै भुक्तभोगी नै छौं । कोरोना भाइरसबाट कयौंले ज्यान गुमाए । त्यस्तो कठिन, जटिल, भयाभहपूर्ण अवस्थामा आफ्नो ज्यानको समेत प्रवाह नगरी यी नै बीरु कोरोना रोकथामको लागि अति आवश्यक मानिने निशुल्क मास्क वितरण अभियान लिएर जिल्लाभर दौडिए । त्यो पनि ब्यक्तिगत खर्चमा । बीरुले अन्यौंल पूर्ण र त्राही त्राहीको कठिन अवस्थामा पनि विना स्वार्थ लाखौं रकम खर्च गरे । लाख बढी मास्क निशुल्क वितरण गरे ।
कोरानो भाइरस नियन्त्रयणका लागि र उनले देखाएको समाज प्रतिको चासो देखेर पछिपछी उनलाई पनि देश बिदेशबाट केही ब्यक्तिहरुले स्वस्फूर्त रुपमा सहयोग गर्न थालेको भेटहरुमा उनले बताउने गर्थे । ‘ देश दुनिया र जगत अप्ठेरोमा पर्दा म घर भित्र लुकेर बस्न सकिन,’ बीरुले भने ‘ मेरो मनले पटक्कै मानेन घर परिवार साथी भाइले चेतावनी दिदा दिदै पनि म घर बाहिर निस्किएर धेरैलाई अभावमा आशाका किरण बाँडेको थिए ।’
त्यही भएर समाजले बीरुलाई ‘मास्क म्यान’ को उपाधि दिएको थियो । ‘ पछि पछि त म जहाँ पुग्थे केटा केटीले समेत ऊ मास्क म्यान भन्ने गर्थे,’ बीरुले भने ‘ म संक्रमित धेरैको घरमा पुगेर पनि मास्क छोडेको छु । तर, उहाँहरु मलाई देखेर डराउनु हुन्थ्यो । बाहिरैबाट पर्खाल भित्र मास्क फाल्न भन्नु हुन्थ्यो र म त्यसै गरिदिन्थे।’
फ्रन्टलाइनर, पुसिल, पत्रकार, राजनीतिक दलका अगुवा कार्यकर्तालाई मात्रै हैन, मास्क किन्न नसक्ने सर्वसाधारणलाई समेत जिल्लाका बिभिन्न सहर बजारमा एक्लै कुदेर उनले मास्क बितरण गरे । स्वस्पूmर्त रुपमा ‘सोशल हिरो’को भूमिका निर्वाह गरे ।
भने ‘ म जिल्लाका एक सय वटै वडाहरुमा मास्क वितरणका लागि पुगे । पुग्न बाँकी हाँसिपुरको वडा २ वटा वडाहरु वडा नं. ७ र ८ मा पनि केही समय पहिला पुगेको थिए ।’
यति लामो भूमिका तपाँई पाठकलाई बोरिङ लाग्यो होला । हाम्रो आयस राजनीति पेशा ब्यबसाय हैन, सेवा हुनु पर्छ । राजनीति गर्नेहरु बिशाल हृदयको हुनुपर्छ । उनीहरु समाजप्रति उत्तरदायी बन्न सक्नु पर्छ भन्ने सारांश हो ।
देश र समाज प्रति परेको समयमा जो जिम्मेवार भएर खट्छ, त्यस्तै पात्रहरु सबैको रोजाईमा पर्नु पर्छ । यहाँपनि बीरुलाई मतदाताले त्यही भएरै माया र विश्वास गरेको देखिन्छ । ‘ मतदाताको अगाध मायाले म अवश्यपनि पुल्कित भएको छु,’ बीरु भन्छन् ‘ तर, उहाँहरुले मलाई थप जिम्मेवारीको भारीपनि बोकाउनु भएको छ भन्ने लागेको छु । म भविस्यमा झनै राम्रो कर्म गर्न प्रयत्न गर्ने छु।’
एक मतदाताले फरककोणसंगको प्रतिक्रियामा पनि त्यस्तै आशय ब्यक्त गरे । ‘जो संगै कुनै आशा नै रहन्न, जो कहिलै काम लाग्दैन,त्यस्तालाई भोट हालेर के काम,’ उनले भने ‘ भाषण गर्ने मात्रै होइन, राजनीतिका ठेली घोकाउनेहरु मात्रै हैन आजको समाजलाई सुखःदुःखमा साथ दिने कर्मबीरहरु चाहिएको छ।’
बीरुले पनि नेपाली काँग्रेस महंगा होटेलहरुमा वा कोठे बैठकमा बस्नु भन्दा जनताको माझ जान जरुरी रहेको तर्क गर्छन । साँझ बिहान छाक बासको जोहो गर्ने नागरिकको घर दैलोमा पुगेर नेपाली काँग्रेसले शक्ति आर्जन गर्न जरुरी भइसकेको म ठान्छु ।
‘बीपी जस्ता महान नेताले जन्माएको काँग्रेसमा आज बिचलन आएको छ । नीति भन्दा नेताको वरिपरी फन्को लगाउने प्रबृति हाबी बन्न थालेको छ,’ बीरुले भने ‘ राष्ट्रियता, लोकतन्त्र र समाजबाद जस्ता काँग्रेसका नारा भजाएर आजका कम्युनिष्टहरु भ्रम सृजना गर्न खोज्दैछन् ।’
यस्तै कुराहरुको भण्डारफोर गर्न, युवाहरुमा आशाको सञ्चार गराउन काँग्रेस गाउँ घरमा पुगेर तल्लो स्तर ‘ग्रास रुट’का इमान्दार कार्यकर्ता कहाँ पुग्न आवश्यक रहेको बीरु बताउँछन् ।
‘ त्यँहीबाट काँग्रेसले उर्जा र शक्ति आर्जन गर्न सक्छ,’ बीरुले भने ‘यसपाली जिल्ला नेतृत्वमा पनि आश लाग्दा युवा शंकरप्रशाद डाँगी लगाएत थुप्रै युवाहरु आउनु भएको छ । म जिल्ला कार्य समितिको बैठकमा पनि यो प्रस्ताब पेश गर्ने छु।’
काँग्रेसको १४औं महाधिबेशनबाट वडादेखि जिल्लासम्म थुप्रै आश लाग्दा युवाहरु आएको हुँदा अब उनीहरुको जोश र अग्रज नेताहरुको आशिष लिएर बजार केन्द्रित कार्यक्रमहरु भन्दा गाउँ टोल केन्द्रित राजनीतिक कार्यक्रमहरु अगाडि बढाउन जरुरी रहेको बीरुले बताए ।
‘ म मेरो नेतृत्वलाई यही कुरा प्रस्ताब गर्ने छु,’ उनले भने ‘ यदी त्यो नभए म एक्लै भएपनि समाज संग निकट सम्पर्कमा रहने प्रयास गरिरहने छु ।’
