२०८१ फाल्गुन ७ गते बुधवार

फोन गर्न डाँडोमा पुग्नुपर्ने बाध्यता

दाङ, पुस २४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ अन्तर्गतका स्थानहरुमा मोबाइल नेटवर्कले काम गर्दैन।  स्थानीय ४० बर्षीया धनकुमारी घर्तीले आफ्नो थापा गाउँमा बत्ति नआएको हुँदा हालसम्म मोवाईल किन्ने चाहाना मन मै पुरा हुन नसकेको धारणा राखिन । गाउँमा मोवाईलको टावरले काम नगर्ने र चार्ज गर्नलाई घरमा सोलार समेत जडान नगरेको हुँदा मोवाईल किन्ने रहर पुरा हुन नसकेको बताइन । आफ्नो गाउँमा फोनको नेटवर्क नटिप्ने हुँदा फोन भएकाहरु समेत एक डेढ घन्टा पैदल हिडेर माथि डाँडोमा आएर फोन गर्ने गरेको घर्तीले जानकारी दिइन ।

‘हेर्नुहोस, उ त्यो पहाडको मुनी मेरो घर पर्छ । त्यहाँ जान दुई घन्टा बढी हिड्नु पर्छ,’ घर्तीले भनिन् ‘ फोन भएपनि त्यहाँ फोनको कुनै काम छैन ।’ घर्तीले आफ्नो गाउँ घरसम्म जानलाई बाटो समेत नभएको हुँदा मानिस मर्दा घाटसम्म बोकेर लैजान समस्या हुने गरेको कुरा गरिन ।

यो ठाउँमा सोलार राखेकाहरुले सानो तिनो मोवाईल घरमै चार्ज गर्ने गरेको भएपनि ठूलो र एडभान्स मोवाईल चार्ज गर्न नमिल्ने अवस्था छ । त्यसैले अलि एडभान्स मोवाई भएकाहरु एक डेढ सय रुपैंया तिरेर मोवाईल चार्ज गर्न कै लागि भएपनि तुलसीपुर बजार पुग्नुपर्ने बाध्यता रहेको स्थानीयले जानकारी दिए ।

अन्त जस्तै यहाँमा नेताहरु निर्वाचनका क्रममा थुप्रै आश्वासन भने बाँड्दै आएका छन् । नेताहरुले घर घरमै विजुली बत्ति, खाने पानी र बाटो पु¥याईदिने वाचा गर्दै भोट मागेको भएपनि आजभोलि कोही नआउने गरेको स्थानीयले गुनासो गरे । ‘लिफ्ट मार्फत पानी डाँडोमा तानेर घर घरमा पानी ल्याईदिन्छौं भन्दै भोट मागे, तर अब त कसैले नाक मुख देखाउँदैनन्।’ घर्तीले भनिन् । निर्वाचनका क्रममा हात जोड्दै आउने नेताहरुले घरमा रहेको खरका छानो हटाएर जस्तापाता लगाइदिने आश्वासन दिएको भएपनि त्यो केही नभएको घर्तीले गुणासो गरिन ।

यो पनि पढ्नुहोस 

कल्ले बल्लेमा खानेपानीको हाहाकार(फोटोफिचर)

तुलसीपुरको उज्यालो हेरेर अन्धकारमा बस्नु परेको गुनासो

 

प्रकाशित मिति : २०७५ पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *