२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरको उज्यालो हेरेर अन्धकारमा बस्नु परेको गुनासो

पुष २०। तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ कल्ले बल्ले क्षेत्रमा विद्युतका पोल गाडेको ५ बर्ष भन्दा बढी भइसकेको छ । तर पोलमा विद्युत तार भने अझैं विस्तार गरिएको छैन । स्थानीय ५० बर्षीया दिलमाया वलीले आफुहरु रातमा  देखिने तुलसीपुर बजारको उज्यालो हेर्दै अन्धकारमा बस्नु परेको तर्क गरिन । यहाँ खर्चगर्न सक्नेले सोलार जडान गरेको भएपनि गरिवले मट्टीतेलबाट टुक्की बाल्ने गर्छन । पहाडी क्षेत्र कल्ले–बल्लेमा चिसो हुने हुँदा सोलार पनि प्रभावकारी छैन ।

ब्याट्री एकाध बर्षमै काम नलाग्ने हुँदा पटक – पटक किन्न संभव हुँदैन । घाम लागेको दिनमा सोलारले काम गर्ने भएपनि घाम नलाग्दा मट्टी तेलेको टुक्की बाल्नुको विकल्प छैन । त्यसमा पनि बर्षाको समयमा सोलार उपयोग विहिन बन्ने स्थानीयले बताए । स्थानीयका अनुसार ६-७ बर्ष पहिलेसम्म तुलसीपुर नगरपालिकाले यसक्षेत्रका स्थानीयलाई सोलारमा केही सहुलियत दिने गरेको थियो । तर आज आएर त्यो बन्दपनि भएको छ ।

‘हामी त रातिमा यो पहाड बाट बेसीको तुलसीपुर बजारको झिलिमिली हेरेर अन्न मन्नमा बाँच्दै आएका छौं,’–घाँस काट्न जाँदै गरेकी वलीले भनिन् ‘यो क्षेत्रलाई तपाँई नाम मात्रैको उपमहानगरपलिका लेख्नु भयो भने राम्रो होला।’ उनले हालसम्म उपमहानगरपालिकाबासी भएपनि विजुली बत्ति कस्तो हुन्छ र त्यो कसरी बाल्छन् भन्ने कुरा थाहाँ नपाएको बताइन । ‘तुलसीपुर बजारको जस्तै यो पहाडमा पनि झिलिमिली विजुली बत्ति बलेको हेर्ने ठूलो सपना मन भित्रै कैद छ,’– वलीले अगाडि भनिन् ‘आफ्नै हातले विजुली बत्ति बाल्ने र घरमै टिभी ल्याएर हेर्ने रहर खै कहिले पुरा होला र।’

राम्रो संग रेडियो समेत नसुनिने यो क्षेत्रका स्थानीयले बाहिरी देश विदेशका खवरपनि सुन्न र हेर्न पाएका छैनन् । ‘हामी त कुवाको भ्यागुतो जस्तै अंधकार जीवन वाँचिरहेका छौं, दैनिक कहाँ के हुन्छ त्यो हेर्न देख्न र सुन्न पाउँदैनौं,’ उनले भनिन् ।

 

यो पनि पढ्नुहोस 

कल्ले बल्लेमा खानेपानीको हाहाकार(फोटोफिचर)

 

प्रकाशित मिति : २०७५ पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *