२०८१ बैशाख २१ गते शुक्रवार

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै

सुर्खेत,कात्तिक १५ । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै छ । नेकपा समाजवादी पार्टीका तीन जना मन्त्रीहरुको पदावधि आजदेखि सकिने भएको हो ।

समाजवादी पार्टीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमर बहादुर थापा आजदेखि पदमुक्त हुने छन । उनीहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त भएका थिए ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिए पछि वैशाख ४ गते मन्त्रीमा नियुक्त भएका उनीहरुले एमालेको कारबाहीमा परे पछि फेरि वैशाख १५ गते गैर सांसदका रुपमा मन्त्रीको शपथ खाएका थिए । गैर सांसद छ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था अनुसार उनीहरु पदमुक्त हुन लागेका हुन ।

अहिले एमाले विभाजन भए पछि उनीहरु नेकपा ९एकीकृत समाजवादी० मा छन। आज तीनै जना मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन । आज तीन जना मन्त्री पदमुक्त भए पनि रिक्त रहेको ठाउँमा आफूहरुले नै मन्त्री पठाउने समाजवादी पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *