२०८१ असार ३ गते आइतवार

जलनबाट गम्भीर घाइते बालिकाको उपचारका लागि आर्थिक साहेता हस्तान्तरण

तुलसीपुर, वैशाख २० । दाङको तुलसीपुर उपमहानगरपालिका – ४ खाद्रेकी ७ बर्षीया सन्ध्या बिकको उपचारका लागि स्थानीय युवाहरु मिलेर ३६ हजार आर्थिक साहेता गरेका छन् ।


सन्ध्यानले रमालो र खेल्ने क्रममा आँफै अज्ञानताबस फ्रकमा आँफै आगो सल्काएकी थिइन ।
ऋार्थिक अवस्था कमजोर रहेकी बालिकाको उपचारमा समस्या भएपछि खाद्रेका ११ जना युवाहरु मिलेर ३६ हजार ४० रुपैंया आपसमा संकलन गरि उनको घर परिवारलाई हस्तान्तरण गरेका हुन ।

खद्रेका सुरेन्द्र रेउलेले ब्यक्तिगत साढे दश हजार, इश्वरी बुढाले दश हजार, सुन्दर रोकाले पाँच हजार पाँच रुपैंया र तुलसीपुरको एकान्त होटेल संचालक भूपेन्द्र खड्काले दुइ हजार पाँच सय आर्थिक सहयोग गरेको सुन्दर रोकाले फरककोणलाई जानकारी दिए ।


रोकाका अनुसार खाद्रे गाउँ र सन्ध्यानले पढ्ने बिद्यालयमा पनि उपचारमा सहयोग पुगोस भनेर साहेता संकलन अभियान सुरु गरिएको छ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले पनि बालिकाको उपचारका लागि आर्थिक साहेता गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । हमालकै आग्रहमा आँफुहरु मिलेर आर्थिक साहेता संकलन सुरु गरेको पनि रोकाले फरककोणलाई बताए ।

खेल्ने क्रममा सन्ध्याले आफ्नै फ्रकमा सल्काएकी थिइन आगो

खेल्ने क्रममा एक नाबालिकाले आफ्नै फ्रकमा आगो लगाएपछि गम्भीर जलन भइ घाइते भएकी छन् ।

तुलसीपुर उपमहानगरपालिका – ४ खाद्रे गाउँकी ७ बर्षीया सन्ध्या बिकले घरमा कोही नभएको समयमा खेल्ने क्रममा आफ्नो फ्रकमा आँफै आगो सल्काएर फ्रक त्यही फ्रक घुमाउँदै गर्दा शरिरमा गम्भीर जलन भएको उनका अभिभावकले बताएका हुन ।

स्थानीय जनश्रम माध्यमिक बिद्यालय खाद्रेमा कक्षा १ मा अध्यनरत सन्ध्याले विद्यालय बिदाको समयमा चैत ३० गते दिउँसो १ बजेतिर घरमा कोही नभएको समयमा साथीहरु संग रमाइलो गर्दै खेल्ने क्रममा सलाई बालेर आफ्नो फ्रकमा आँफै आगो लगाउँदा जनल भइ गम्भीर घाइते भएकी हुन ।

बुवा प्रेम बिकका अनुसार घाइते सन्ध्याको तुलसीपुर पछि घोराही र घोराही पछि काठमाडौं कीर्तिपुर अस्पतालमा उपचार भइ रहेको छ ।

‘ हामी काम बिषेशले घर बाहिर गएका थियौं,’ बुवा प्रेमले भने ‘ साना बालबालिका आपसमा रमाइलो गर्दै खेल्ने क्रममा छोरीले आफ्नै फ्रकमा आगो लगाउँदा गम्भीर जलन भइ उपचार जारी छ ।’

यसैबीच बुवा प्रेमले आफ्नो घरको आर्थिक अवस्था निकै कमजोर रहेको भन्दै फोन मार्फत सबैमा मानविय भावनाले आर्थिक साहेता संकलन गरिदिन याचनापनि गरेका छन् ।

जनल भइ कीर्तिपुरमा उपचाररत बालिका सन्ध्याको उपचारमा सहयोग पुगोस भनेर ११ जना युवाले ३६ हजार ४० रुपैंया आपसमा संकलन गरि उनको घर परिवारलाई हस्तान्तरण गरेका छन् ।

सलाई, लाइटर जस्ता जलनसिल पदार्थ बालबालिकाको पहुँच भन्दा टाढा राख्नु पर्ने सामाजिक चेतनाको कमिका कारण घटना घटेको हुँदा यसबाट अन्य अभिभावकले पनि शिक्षा लिनु जरुरी रहेको सुन्दर रोकाले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *