
तुलसीपुर, कात्तिक ६ । तुलसीपुरमा लामो समयदेखि बिद्युत महसुल नबुझाएका ग्राहकको बिद्युत लाईन काटन सुरु भएको छ ।तुलसीपुरमा कात्तिक १ गतेदेखि ५ दिनमा मात्रै ७० घरको लाईन काटिएको छ ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा ११ लाख २९ हजार बक्यौता रकम अशुल उपर गर्न बाँकी रहेको हुँदा बाध्य भएर लाइन काट्नु परेको बिधुत प्रधिकरण तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले जानकारी दिए ।
मिटर रिडिङ भएको ६० दिन भन्दा बढी समय बेथित भएमा र ग्राहक महसुुल तिर्न नआएमा ग्राहकलाई कालो सूचिमा राखेर वितरण केन्द्रले लाइन काट्न थालेको प्रमुख फर्सालले बताए ।
अझैं जम्मा ग्राहकहरुबाट प्रधिकरणले ५ करोड ६७ लाख बक्यौता रकम अशुल उपरगर्न बाँकी रहेको प्रमुख फर्सालले बताए । चालु आर्थिक बर्षको अन्त्य सम्म ३ करोड असुल गर्ने लक्ष्य रहेको प्रमुख फर्सालले जानकारी दिए ।
सोही उदेश्य अनुरुप वितरण केन्द्रले विद्युत महसुल नबुझाउने ब्यक्ति,संस्था,सरकारी कार्यालय लगायतका ग्राहकको बिद्युत लाइन काट्न सुरु गरेको हो । ‘अटेरी गरि विद्युत महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गर्दै आएको थियो,’ एक कर्मचारीले भने ‘तर,पनि अटेरी गर्नेहरुको धमाधम लाइन काट्न सुरु भएको हो ।’
चालु आर्थिक बर्ष २०७८÷०७९ को हाल सम्म प्राधिकरणले २३ लाख ७९ हजार बक्यौता रकम बुझाउन बाँकी ८७ घरको लाईन काटेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
पपछिल्लो समय धमाधम लाईन काट्न सुरु गरेपपछि धमाधम बक्यौता महशुल संकलन हुन थालेको बिधुत प्रधिकरण तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले जानकारी दिए ।
अटेरी गरेर भन्दा पनि सेवाग्राहीहरु लापरवाहीले गर्दा महशुल बुझाउन नआउने गरेको प्रमुख फर्सालले बताए । बेलैमा बिधुतको खपत गरे बापलतको रकम बुझाए जरिवानाबाट समेत बच्न सकिने हुँदा लापरबाही नगर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
आर्थिक बर्ष ०७७÷०७८ मा प्रधिकरणले ६३ लाख ८८ हजार बक्यौता तिर्न बाँकी रहेका २ सय ८५ ग्राहकको लाईन काटेको थियो ।
विद्युत् महशुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विद्युत बिना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था रहेको छ ।
बक्यौता बुझाए पछि ग्राहकको घरमा पुनः विद्युत जडान गरिने प्रधिकारणका प्रमुख फर्सालले बताए । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका ४६ हजार ५७ ग्राहक संख्या रहेको छ ।